Tuesday, June 23, 2026
spot_img

राष्ट्र बैंकको कारवाहीमा परे ३ वटा वाणिज्य बैंक

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा यी बैंकलाई कारवाही गरेको हो।

कारवाहीमा पर्नेमा एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यी ३ वटै बैंक चालु आर्थिक वर्षमा पहिलो चरणमा कारवाहीमा परेका हुन् ।

कुनलाई के कारवाही ?

एनआईसी एशिया बैंक : एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गर्दै आएको र राष्ट्र बैंकबाट उक्त बैंकलाई जारी गरिएको लिखित आदेशको समेत पालना नभएको पाइएकोले उक्त बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम रु. दुई ÷ दुई लाख नगद जरिवाना गराइएको ।\

ग्लोबल आईएमई बैंक : ग्लोबल आइएमई बैंक लिमिटेडको स्थलगत निरीक्षण प्रतिवेदन, २०८२ को आधारमा देहायको कैफियतका सम्बन्धमा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २)५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको ।

क. नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८१ को नं २÷०८१ को व्यवस्था अनुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको Ageing
wise  कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना नगरेको) सम्बन्धमा ।

ख. बैंकको स्थलगत निरीक्षणको क्रममा core banking software मा चुक्ता भइसकेको कर्जालाई पुरानै Value
Date  राखी पुनः सिर्जना गर्न सक्ने अवस्था रहेको पाइएको सम्बन्धमा ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको इ.प्रा. निर्देशन नं. २÷०८१ को बुँदा नं. ३ (ज) को पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सहिछाप नगराई तथा सुरक्षणले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको, इ.प्रा. निर्देशन नं. १५÷०८१ को बुँदा नं. ३ ( ७) को पूर्ण अनुपालना नगरी एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढीले कायम गरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ बुँदा नं. ८.५ र १०.१२ को पूर्ण अनुपालना नगरी त्रयमासको अन्तिम महिनाहरुमा नयाँ अल्पकालिन कर्जाहरु प्रवाह गरेको र उक्त कर्जाहरुलाई कर्जा असुलीमा प्रयोग गरेको पाइएकोले बैंकको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img