Wednesday, June 24, 2026
spot_img

आईक्यानका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सरल कर्जा पाउने

spot_img
spot_img

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) बीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सम्झौता–पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट कार्यकारी निर्देशक श्री बिमल डंगोलले हस्ताक्षर गरेका छन्।

सम्झौता-पत्रमा उल्लेख भए अनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरुका लागी तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा तथा अन्य बैंकिङ सेवासुविधा उपलब्ध गराउनेछ । उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय: विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप-कार्यकारी अधिकृतत्रय: विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेल लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकाम सहित दुर्गम क्षेत्रमा समेत गरी ३१२ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ मार्फत आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img