Wednesday, June 24, 2026
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला शेयरधनी सबै संस्थागत, नोबल इन्भेष्टमेन्ट बाहिरियो

spot_img
spot_img

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या १४ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा १४ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो। यी सबै शेयरधनी संथागत हुन्।

बैंकमा राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक ६.७३ प्रतिशत शेयर स्वामित्व रहेको छ भने महालक्ष्मी इन्भेष्टमेन्टको ३.९६ प्रतिशत स्वामित्व रहेको छ। त्यस्तै छायाँ इन्भेष्टमेन्टको ३.६८ प्रतिशत, केयुपी इन्भेष्टमेन्टको ३.५१ प्रतिशत, सोफिया इन्भेष्टमेन्टको ३.३३ तथा सिटिजन इन्भेष्टमेन्टको १.३२ प्रतिशत स्वामित्व रहेको छ।

अन्य शेयरधनीको भने १ प्रतिशत भन्दा कम स्वामित्व रहेको छ। जसमा अन्नपूर्ण इन्भेष्टमेन्ट, सूर्य इन्फोसिस, र प्रेसटाईन इन्भेष्टमेन्टको समान ०.७४ प्रतिशत स्वामित्व रहेको छ। त्यस्तै कमला इन्भेष्टमेन्टको ०.७० प्रतिशत, लोटस इन्भेष्टमेन्टको ०.६५ प्रतिशत , राष्ट्रिय बीमा संस्थानको ०.६४ प्रतिशत, मर्केन्टाइल इन्भेष्टमेन्टको ०.५७ प्रतिशत तथा सिटिजन युनिट स्किमको ०.५६ प्रतिशत स्वामित्व रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा ०.७० प्रतिशत शेयर स्वामित्व रहेको नोबल इन्भेष्टमेन्ट भने हाल ठूला शेयरधनीको सूचीबाट बाहिरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img