Monday, May 4, 2026
spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा बाल मन्दिरका बालबालिकाहरुलाई अत्यावश्यक सामग्री सहयोग

spot_img
spot_img

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बालबालिकालाई विभिन्न सामाग्री प्रदान गरेको छ। बैंकले काठमाडौँ नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको हो।

कार्यक्रममा बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले  नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रुपमा सहयोग सामग्रीहरु हस्तान्तरण गरेका हुन्। यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।

सो कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, बैंकका संचालक रितेश सिन्हा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत प्रबिण मुनि बज्राचार्य र बंैक तथा संस्थाका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदाय स्तरमा यस्ता गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...
spot_img