सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रामेश्वर प्रसाद बस्याललाई दिएको छ। बैंकको मङ्सिर १६ गते बसेको संचालक समितिको बैठकले हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका बस्याललाई कामु सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकका अनुसार मङ्सिर २७ गतेदेखि लागु हुने गरि हाल बैंकमा डेपुटी सीइओ रहेका बस्यालले कामु सीइओको जिम्मेवारी सम्हाल्ने छन् । बैंकमा हाल सीइओ रहेका सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मङ्सिर २६ गते सकिँदै छ।












