Thursday, August 20, 2026
spot_img

पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणको लागि पाटा नेपाल, एनएमबी बैंक र भिसाबीच सम्झौता

spot_img

पसिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर, एनएमबी बैंक लिमिटेड, र भिसाले नेपालका पर्यटन र आतिथ्य क्षेत्रमा डिजिटल भुक्तानी समाधान प्रवर्द्धन गर्न सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोह आज एनएमबी बैंकको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा सम्पन्न भएको हो।

यस सम्झौताको उद्देश्य एनएमबी बैंकको एक नवीन सम्पर्करहित भुक्तानी समाधान प्रविधि SOFT POS प्रविधिलाई पर्यटन व्यवसाय र यात्रुहरूको वित्तीय लेनदेनमा सहजता, सुरक्षा, र प्रभावकारिता बढाउन प्रोत्साहन र प्रवर्धन गर्नु हो।
सम्झौता पत्र हस्ताक्षर समारोहमा पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लाकाइ, एनएमबी बैंक लिमिटेडका सीईओ गोबिन्द घिमिरे, र भिसाका बंगलादेश, नेपाल र भूटान देश प्रबन्धक सब्बिर अहमद का साथै भिसा, पाटा नेपाल च्याप्टर र एनएमबी बैंकका अधिकृत प्रतिनिधिहरू पनि उपस्थित थिए।

समारोहमा सम्बोधन गर्दै, तीनै संस्थाले यस साझेदारीले नेपालको यात्रा र पर्यटन क्षेत्रमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने महत्वपूर्ण कदम भएको बताए। यस सहकार्यले विशेष गरी साना र मध्यम वर्गका पर्यटन व्यवसायहरूमा डिजिटल भुक्तानीको व्यापक स्वीकृति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ, जसले वित्तीय समावेशिता र सेवा कार्यक्षमता बढाउन मद्दत गर्नेछ।

नेपालको पर्यटन तथा आतिथ्यता व्यवसाय सम्बन्धित आबद्ध प्रणालीहरु मा दिगो पर्यटन विकास, प्रविधि नवप्रवर्तन, र स्मार्ट व्यवसाय अभ्यासलाई प्रवर्द्धन गर्ने साझा लक्ष्यसँग मेल खाने यस पहलले पाटा, एनएमबी बैंक, र भिसाको साझा दृष्टिकोण समेत प्रवर्धन गर्ने विश्वास लिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा...

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...
spot_img