Wednesday, June 24, 2026
spot_img

३ महिनामा वाणिज्य बैंकले कमाए १६ अर्ब नाफा, कुनले कति बढाए ? (सूचीसहित)

spot_img
spot_img

संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको  अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा समग्रमा २१.६३ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुदनाफा १३ अर्ब ३४ करोड ४८ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा बढेर १६ अर्ब २३ करोड १९ लाख पुगेको छ।

यस अवधिमा प्रतिशतको आधारमा सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको नाफा सर्वाधिक बढेको छ। यी दुई बैंकको नाफा क्रमश ७९१.४३ प्रतिशत र ४२०.५३ प्रतिशतले बढेको छ।

त्यस्तै रकमको तुलनामा नबिल बैंक र ग्लोबल आईएमई बैंकले सर्वाधिक नाफा कमाएका छन् । यी दुई बैंकको खुद नाफा क्रमश २ अर्ब ५ करोड र १ अर्ब ५१ करोड रहेको छ ।

यस अवधिमा ७ बैंकको खुद नाफा भने घटेको छ । जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ८९.०६ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ८२.४० प्रतिशतले घटेको छ ।

हेर्नुस् आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा वाणिज्य बैंकको खुदनाफाको विवरण । सबै रकम रु.लाखमा देखाईएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img