विश्वका केन्द्रीय बैंकको उच्च तहमा महिला नेतृत्व हालसम्म कै उच्च भएको पाईएको छ। अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को थिंक ट्यांकको रुपमा रहेको ‘अफिसियल मोनेटरी एण्ड फाइनान्सियल इन्स्टिट्युसन् फोरम’ ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनले जेन्डर ब्यालेन्स इन्डेक्स २०२४ लाई आधार मानेर तयार पारेको प्रतिवेदन अनुसार अनुसार सन् २०२४ मा विश्वका विभिन्न केन्द्रीय बैंकमा महिला नेतृत्व हालसम्म कै उच्च रहेको छ। सन् २०२३ विश्वका २३ देशमा महिला नेतृत्व अर्थात् महिला गभर्नर रहेकोमा सन् २०२४ मा सो संख्या बढेर २९ पुगेको छ। यद्यपि १८५ वटा केन्द्रीय बैंक रहेकोमा यो संख्या १६ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख छ।
बो्स्निया र हर्जेगोविना, र पपुया न्यु गिनिले पछिल्लो समय आफ्नो केन्द्रीय बैंकको गभर्नरमा महिला नियुक्त गरेका छन्। यसले साना अर्थतन्त्र भएका देशहरु लैंगिक सन्तुलनतर्फ अगाडी बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदन अनुसार यस वर्ष विभिन्न केन्द्रीय बैंकमा ३९ जना गभर्नर नियुक्त भएकोमा ति मध्ये १८ प्रतिशत मात्रै अर्थात् ७ जना मात्रै महिला छन् । तर केन्द्रीय बैंकको उच्च तहका कर्मचारी मध्ये महिला प्रतिनिधित्व पहिलो पटक ३१ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा केन्द्रीय बैंकका उच्च तहका कर्मचारी मध्ये २९ प्रतिशत मात्र महिला थिए ।
यी हुन् महिला गभर्नर भएका विश्वका केन्द्रीय बैंक
नेपालको अवस्था के छ ?
प्रतिवेदनमा जेण्डर ब्यालेन्स इन्डेक्स (जीबीआई) पनि छ। यो इन्डेक्स ० देखि १०० सम्मको हुन्छ। जीबीआई १०० भन्नाले संस्थामा महिला र पुरुषको सहभागिता बराबर रहेको छ भन्ने बुझिन्छ। त्यस्तै ० इन्डेक्स भनेको संस्थामा पुरुषको मात्र सहभागिता रहेको र महिला सहभागिता नरहेको अर्थात् धेरै नै असमान रहेको देखाउछ ।
यो बरियता अनुसार चिलीको केन्द्रीय बैंक Banco Central de Chile शिर्ष स्थानमा रहेको छ। चिलीको जीबीआई १०० रहेको छ । चिलीको गर्भनर महिला नै रहेकी छिन् । त्यस्तै एक जना डेपुटी गभर्नर पनि महिला छन् । बैंकमा महिला कर्मचारी ५० प्रतिशत रहेका छन् । यसको मतलव बैंकमा पुरुष र महिला कर्मचारीको हिस्सा समान छ । सोहि कारण बैंक शिर्ष स्थानमा रहेको १०० इन्डेक्स पाएको हो ।
दोस्रो नम्बरमा लटिभाको केन्द्रीय बैंक Bank of Latvia रहेको छ । सो बैंकको इन्डेक्स ९६ रहेको छ भने बैंकमा ४९ प्रतिशत महिला कर्मचारी छन् ।
यो सूचीमा श्रीलंकाको Central Bank of Sri Lanka १९ औ नम्बरमा रहेको छ। बैंकमा ४४ प्रतिशत महिला कर्मचारी रहेका छन् । ४२ प्रतिशत महिला कर्मचारी सहित भुटानको Royal Monetary Authority of Bhutan ३१ औ स्थानमा छ। १४ प्रतिशत महिला कर्मचारी सहित बंगलादेशको केन्द्रीय बैंक Bangladesh Bank १४६ औ स्थानमा छ ।
यस सूचीमा नेपाल १६२ औ स्थानमा छ । नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा गभर्नर पुरुष छन् भने एक जना डेपुटी गभर्नर महिला छन् । गभर्नरको रुपमा महाप्रसाद अधिकारी छन् । दुई जना डेपुटी गभर्नर मध्ये डा. निलम ढुंगाना एक हुन् । प्रतिवेदन अनुसार नेपाल राष्ट्र बैंकमा महिला सहभागिता ७ प्रतिशत मात्र रहेको छ भने जीबीआई इन्डेक्समा राष्ट्र बैंकको स्कोर ७ मात्रै छ ।
सूचीमा भारत भने नेपालभन्दा पछि नै छ। भारतको रिजर्भ बैंक अफ इन्डिया १४६ स्थानमा छ भने जीबीआई इन्डेक्स ६ रहेको छ । सो बैंकमा महिला सहभागिता ६ प्रतिशत मात्रै छ । साउथ कोरिया र मंगोलियाको केन्द्रीय बैंकमा महिला कर्मचारीको २ प्रतिशत मात्र छन् ।
यो सूचीमा ११ देशका केन्द्रीय बैंकको जीबीआई इन्डेक्स शुन्य छ । अर्थात् यी बैंकमा महिला कर्मचारीको प्रतिशत शुन्य छ ।अफगानिस्तान, अल्जेरिया, चीन, लेबनान, लिबिया, पाकिस्तान, सोमालिया, सुडान, सुरेनाम, तुर्कीमिनिस्तान र यमनका केन्द्रीय बैंक रहेका छन् ।