Wednesday, August 5, 2026
spot_img

आजदेखि ५ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

spot_img

नेपाल राष्ट्र बैंकले आज असार ३ गतेदेखि ५०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङ्गमा, सङ्केत नं. झ ३८ ०००००१ देखि ट ८३ ९९९९९९ सम्मको नोट आज असार ३ गते देखि चलनचल्तीमा ल्याएको हो ।

यी नोटको अग्र भागमा नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया“ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया“ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांश उल्लेख भएको ।  नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्पm लालीगुराँसको पानी छाप रहेकोर तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ । साथै, पानीछापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेका छन् ।

सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने कुबेरको चित्र रहेको छ ।  नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलकोदस्तखत रहेको छ भने नोटमा ३.५ मि.मी. चौडा भएको सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने सुरक्षण धागो रहेको छ।

नोटको पृष्ठ भागमा नोटको मध्य खण्डमा पाटेबाघको चित्र र सोको माथि NEPAL RASTRA BANK लेखिएको छ।   नोटको तल्लो खण्डमा “RUPEES FIVE HUNDRED” र सिरिज नम्बर “2025 AD” लेखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img