spot_img

राष्ट्र बैंकले जारी गर्यो स्वाप कारोबार विनियमावली

spot_img

नेपाल राष्ट्र बैंकले ‘स्वाप कारोबार विनियमावली, २०८१’ जारी गरेको छ। नेपाल राष्ट्र बैंकको २०८१ साउन ४ गतेको बैठकले विनियमावली स्वीकृत गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहनेविदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले विनियमहरु बनाएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

स्वाप कारोबार भनेको ‘बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार हो । यस्ता कारोबारमा पहिलो र दोस्रो चरणका कारोबार मिति, रकम र विदेशी विनिमय दर लगायतका विषय स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गर्ने र तोकिए बमोजिम राफसाफ गर्नु पर्ने व्यवस्था छ। स्वाप कारोबार अमेरिकी डलर/नेपाली रुपैयाँ (USD/NPR Pair) मा हुनेछ ।

विनियमावलीले अनुसार राष्ट्र बैंकले स्वाप कारोबार समिति गठन गर्ने छ। समितिको अध्यक्षमा विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नर रहने छन् । त्यस्तै समितिको सदस्यहरुमा विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशक, मौद्रिक व्यवस्थापन विभागको कार्यकारी निर्देशक , आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक, बैंकिङ्ग विभागको कार्यकारी निर्देशक, र वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहने छन् । विदेशी विनिमय व्यवस्थापन विभागको निर्देशक (लगानी हेर्ने) सदस्य समितिको सचिव रहने छन् ।

यहाँ क्लिक गरेर विनियमावलीको पूर्ण पाठ हेर्न सकिने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...