Thursday, November 13, 2025
spot_img

राष्ट्र बैंकले जारी गर्यो स्वाप कारोबार विनियमावली

spot_img

नेपाल राष्ट्र बैंकले ‘स्वाप कारोबार विनियमावली, २०८१’ जारी गरेको छ। नेपाल राष्ट्र बैंकको २०८१ साउन ४ गतेको बैठकले विनियमावली स्वीकृत गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहनेविदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले विनियमहरु बनाएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

स्वाप कारोबार भनेको ‘बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार हो । यस्ता कारोबारमा पहिलो र दोस्रो चरणका कारोबार मिति, रकम र विदेशी विनिमय दर लगायतका विषय स्वाप कारोबारको बोलकबोल मितिमा नै तय गर्ने र तोकिए बमोजिम राफसाफ गर्नु पर्ने व्यवस्था छ। स्वाप कारोबार अमेरिकी डलर/नेपाली रुपैयाँ (USD/NPR Pair) मा हुनेछ ।

विनियमावलीले अनुसार राष्ट्र बैंकले स्वाप कारोबार समिति गठन गर्ने छ। समितिको अध्यक्षमा विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नर रहने छन् । त्यस्तै समितिको सदस्यहरुमा विदेशी विनिमय व्यवस्थापन विभागको कार्यकारी निर्देशक, मौद्रिक व्यवस्थापन विभागको कार्यकारी निर्देशक , आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक, बैंकिङ्ग विभागको कार्यकारी निर्देशक, र वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक रहने छन् । विदेशी विनिमय व्यवस्थापन विभागको निर्देशक (लगानी हेर्ने) सदस्य समितिको सचिव रहने छन् ।

यहाँ क्लिक गरेर विनियमावलीको पूर्ण पाठ हेर्न सकिने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img