spot_img

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

spot_img

नेपाल राष्ट्र बैङ्कले आज साउन ११ गते शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यस अघि अघिल्लो शुक्रबार (साउन ४ मा) नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि गभर्नर महाप्रसाद अधिकारीले तयारी नपुगेको भन्दै ढिलाई गरेका थिए।

साउन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेपछि खतिवडालाई  पनि ‘ब्रिफिङ’ गर्नुपर्ने भएकाले गत साता  मौद्रिक नीति आउँन नसकेको बताइन्छ।

अब भने मौद्रिक नीति सार्वजनिक गर्नको लागि सम्पूर्ण तयारी पुरा भईसकेको राष्ट्र बैंकले जनाएको छ। शुक्रबार बिहान ८ बजे राष्ट्र बैंकको संचालक समितिको बैठक बोलाईएको छ । संचालक समितिको बैठकले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ।

विगतको भन्दा यस पटकको मौद्रिक नीति केही लचिलो हुने राष्ट्र बैङ्क स्रोत बताउछ। नयाँ सरकार गठन भएपछि एमालेबाट विष्णु प्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । अर्थमन्त्री पौडेलले गभर्नर र आफ्नो ट्युनिङ मिल्ने भएकोले अर्थतन्त्रका समस्या समाधान हुने गरि मौद्रिक नीति आउने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बैङ्कर्स तथा व्यवसायीहरुले पनि कर्जा प्रवाह बढ्ने गरि लचिलो मौद्रिक नीति ल्याउनको लागि माग गरिरहेका छन् । अहिलेको मौद्रिक नीति गभर्नर अधिकारीको अन्तिम मौद्रिक नीति हुने भएकोले पनि लचिलो मौद्रिक नीति आउने अपेक्षा व्यवसायीहरुको छ । शेयर लगानीकर्ताहरुले भने मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा हट्ने तथा शेयर धितोकर्जाको जोखिमभार घट्ने अपेक्षा गरेका छन्।

यो पनि : मौद्रिक नीति भनेको के हो, वित्त नीतिभन्दा के फरक छ ?

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...