Thursday, May 7, 2026
spot_img
spot_img

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

spot_img
spot_img

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन्। निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको संचालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था रहेको छ । परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा यही माघ ६ गतेका दिन सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा मनोनीत भएका श्रेष्ठ नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित छन्। नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा बहाल थिए।

नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास एवं भरोसा गरी सिबिफिन जस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गर्दै सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सिबिफिनको विरासतलाई अक्षुण्ण राख्दै सिबिफिनलाई बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र आज चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकाय तथा समग्र निजी क्षेत्रसँग हातेमालो एवं निकट सहकार्यलाई प्रमुख प्राथमिकता दिँदै कार्यसमिति अगाडि बढ्ने बताए।

त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएको कारण उनले सम्हाल्दै आएको कोषाध्यक्ष पदसमेत रिक्त रहेको थियो ।

यसअघि, कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन्। उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन्।

त्यसैगरी, यसअघि कार्यसमितिको सदस्य रहेका कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्व हुन्। जसले नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक जस्ता महत्वपूर्ण पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन् ।

सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी पद रिक्त हुन आएमा कार्यसमितिमै बहाल रहेका सम्बन्धित समूहका सदस्यहरुमध्येबाट मनोनीत गर्ने र सो सम्भव नभएमा सदस्य बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुमध्येबाट मनोनीत गर्ने व्यवस्थाबमोजिम अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा मनोनीत गरिएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...
spot_img