Wednesday, June 24, 2026
spot_img

सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर र महासचिवमा गोयल

spot_img
spot_img

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । हिमालयन बैंकका अध्यक्ष रहेका श्रेष्ठलाई सिबिफिन कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

यसअघि अध्यक्ष उपेन्द्र पौडेलको नबिल बैंकमा अध्यक्षको कार्यकाल सकिएपछि उनी स्वतः सिबिफिनको अध्यक्ष पदबाट पनि बाहिरिएका थिए । अध्यक्ष पद रिक्त भएपछि कार्यसमिति बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो । उनी यसअघि सिबिफिनमा महासचिव थिए ।

यस्तै, महासचिव श्रेष्ठ अध्यक्षमा चयन भएपछि रिक्त उक्त पदमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल चुनिएका छन् । कार्यसमिति सदस्य रहेका गोयल महासचिव बनेका हुन् ।

यसैगरी, संस्थाले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई कोषाध्यक्षमा चयन गरेको छ । यसअघि कोषाध्यक्ष रहेका एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएपछि उक्त पद पनि रिक्त थियो ।

सिबिफिनको विधानमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष बैंक सञ्चालक समितिको बहालवाला अध्यक्ष हुनुपर्ने प्रावधान छ ।

नयाँ अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित सिबिफिनमा अहिले वरिष्ठ उपाध्यक्षमा राजेश उपाध्यय, उपाध्यक्षमा कुशप्रसाद मल्ली, सचिवमा थानेश्वर पौडेल, सह–कोषाध्यक्षमा दिलीप मुनकर्मी र सदस्यहरुमा राधेश पन्त, बालगोपाल वैद्य, राजाराम खड्का, किशोरकुमार कार्की र टुकप्रसाद पौडेल रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img