Wednesday, June 24, 2026
spot_img

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

spot_img
spot_img

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि सुरक्षा चुनौती बढेपछि नेपाल राष्ट्र बैंकले प्रहरी प्रमुख र बैंकर्ससंग संयुक्त छलफल गरेको छ । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आज प्रहरी महानिरीक्षक  दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

त्यस क्रममा पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित छलफल भएको हो । छलफलमा बैंकर्सहरुले कुनै डर त्रास धम्कि बिना नै राष्ट्र बैंकको निर्देशनको अधिनमा रही बैंकिंग सम्बन्धि कार्य गर्नको लागि सुरक्षाको प्रत्याभूति माग गरेका थिए। प्रहरी प्रमुख कार्कीले सुरक्षाको प्रत्याभूतिको प्रतिवद्दता जनाएका छन् । वित्तीय क्षेत्रको सुरक्षाको लागि राष्ट्र बैंक, बैंक, वित्तीय संस्थाहरूको संगठन र प्रहरीबीच समन्वयात्मक रुपमा काम गर्ने समझदारी छलफलले गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्मचारीमाथि कुटपिट हुने, कालोमोसो दल्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने क्रम बढेका छन् । ऋण मिनाहा भन्दै दुर्गा प्रसाईको अभियानले पनि वित्तीय क्षेत्रको सुरक्षामा चुनौती थपेको छ। केही दिन अघि मात्र सिन्धुलीमा रहेको बैंक शाखाबाट करोडौं लुटिएको र त्यसमा बैंकको लागि स्थान भाडामा दिने घरबेटी नै संलग्न रहेको खुलेपछि पनि वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img