spot_img

बैंक र कर्मचारीमाथि आक्रमण बढेपछि गभर्नरले प्रहरी प्रमुख र बैंकर्ससँग गरे छलफल

spot_img

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि सुरक्षा चुनौती बढेपछि नेपाल राष्ट्र बैंकले प्रहरी प्रमुख र बैंकर्ससंग संयुक्त छलफल गरेको छ । राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आज प्रहरी महानिरीक्षक  दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

त्यस क्रममा पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित छलफल भएको हो । छलफलमा बैंकर्सहरुले कुनै डर त्रास धम्कि बिना नै राष्ट्र बैंकको निर्देशनको अधिनमा रही बैंकिंग सम्बन्धि कार्य गर्नको लागि सुरक्षाको प्रत्याभूति माग गरेका थिए। प्रहरी प्रमुख कार्कीले सुरक्षाको प्रत्याभूतिको प्रतिवद्दता जनाएका छन् । वित्तीय क्षेत्रको सुरक्षाको लागि राष्ट्र बैंक, बैंक, वित्तीय संस्थाहरूको संगठन र प्रहरीबीच समन्वयात्मक रुपमा काम गर्ने समझदारी छलफलले गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्मचारीमाथि कुटपिट हुने, कालोमोसो दल्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने क्रम बढेका छन् । ऋण मिनाहा भन्दै दुर्गा प्रसाईको अभियानले पनि वित्तीय क्षेत्रको सुरक्षामा चुनौती थपेको छ। केही दिन अघि मात्र सिन्धुलीमा रहेको बैंक शाखाबाट करोडौं लुटिएको र त्यसमा बैंकको लागि स्थान भाडामा दिने घरबेटी नै संलग्न रहेको खुलेपछि पनि वित्तीय क्षेत्रमा सुरक्षा चुनौती बढेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

२७ जलविद्युत आयोजनाको आरसीओडी थपियो (सूचीसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि...

निर्माण क्षेत्रले मूल्य समायोजन पाउने

सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को...

अल्ट्राभायोलेटको दशैं अफर : मोटरसाइकल किन्दा हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क

प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले नेपाली ग्राहकलाई लक्षित गर्दै...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

भाटभटेनीमा सामान किन्दा २ वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर

दशैँ, तिहार, छठ पर्व जस्ता चाडपर्व नजिकिएसँगै बजारमा किनमेलको...

बाढीपछिको पुनःनिर्माणको लागि पाँच खर्ब स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस

सरकारले भोटेकोशी बाढीसहित पछिल्लो मनसुनजन्य बाढीका कारण प्रभावित क्षेत्रमा...