Thursday, August 6, 2026
spot_img

१००० रुपैयाँको ४३ करोड वटा नोट छाप्न चिनियाँ कम्पनीसँग सम्झौता

spot_img

नेपाल राष्ट्र बैंकले १००० रुपैयाँको नोट छाप्नको लागि चिनियाँ कम्पनीसंग सम्झौता गरेको छ। राष्ट्र बैंकले १००० रुपैयाँ दरको ४३० मिलियन वटा अर्थात् ४३ करोड वटा नोट डिजाइन, छपाई तथा आपूर्तिको लागि चिनियाँ कम्पनी China Banknote Printing and Minting Corporation, China संग मङ्सिर ११ गते सम्झौता गरेको हो ।

राष्ट्र बैंकको मुद्रा ब्यबस्थापन विभागले नोट छाप्न योग्य भेन्डरहरुका लागि अन्तराष्ट्रिय टेण्डर आह्वान गरेको थियो। सो कम्पनीले नोट छपाईको लागि सबै भन्दा कम मूल्य कबुल गरेकोले राष्ट्र बैंकले उसैलाई नोट छाप्ने जिम्मा दिएको हो ।

कम्पनीलाई १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छपाईको ठेक्का दिईएको हो । राष्ट्र बैंकले आजको लागि तोकेको डलरको मूल्य १४२.६० रुपैयाँले हिसाब गर्दा १००० रुपैयाँको एउटा नोट छपाईको खर्च ५ रुपैयाँ ६३ पैसा पर्ने भएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...
spot_img