नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशक (ईडी) को सरुवा भएको छ। कार्तिक १७ गतेको निर्णय अनुसार राष्ट्र बैंकमा रहेका १८ जना कार्यकारी निर्देशक मध्ये ११ जना कार्यकारी निर्देशकको सरुवा गरिएको हो। कार्तिक १९ गतेदेखि लागु हुने गरि कार्यकारी निर्देशकहरुको सरुवा भएको हो।
जस अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेलको सरुवा भएको छ । उनी मुद्रा व्यवस्थापन विभागमा थिए । गभर्नर कार्यालयमा दयाराम शर्मा आएका छन्। उनी मौद्रिक व्यवस्थापन विभागमा थिए । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापाको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ ।
हेर्नुस् को कहाँ पुगे ?
रेवतीप्रसाद नेपाल : विदेशी विनिमय व्यवस्थापन विभागबाट सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
रामु पौडेल: मुद्रा व्यवस्थापन विभागबाट बैंक तथा वित्तीय संस्था नियमन विभाग
विश्रुत थापा : मानव संसाधन व्यवस्थापन विभागबाट वित्तीय संस्था सुपरिवेक्षण विभाग
दयाराम शर्मा : मौद्रिक व्यवस्थापन विभागबाट गभर्नरको कार्यालय
गुरुप्रसाद पौडेल : बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मानव संसाधन व्यवस्थापन विभाग
किरण पण्डित : भुक्तानी प्रणाली विभागबाट विदेशी विनिमय व्यवस्थापन विभाग
डा. सत्येन्द्र तिमिल्सिना : वित्तीय संस्था सुपरिवेक्षण विभागबाट भुक्तानी प्रणाली विभाग
रोशन कुमार सिग्देल : सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट बैंकिङ विभाग
डा. डिल्लीराम पोख्रेल : बैंकिङ विभागबाट मौद्रिक व्यवस्थापन विभाग
अनुज दाहाल : संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट मुद्रा व्यवस्थापन विभाग
राजन विक्रम थापा : गभर्नरको कार्यालयबाट संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग











