Tuesday, May 5, 2026
spot_img
spot_img

पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थाले पाए थप समय

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ओअहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने समय थपिदिएको छ। राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्ने समय थप गरिदिएको हो।

जस अनुसार इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकले राष्ट्र बैंकमा पठाउनुपर्ने मासिक र त्रैमासिक विवरण तथा प्रकाशन गर्नुपर्ने अन्तरिम वित्तीय प्रतिवेदन आ.व. २०८२/८३ को पहिलो त्रयमासको हकमा राष्ट्र बैंकमा पठाउन एवं अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न २०८२ कात्तिक २१ गतेसम्मको समयावधि पाएका छन्। यस अघिको व्यवस्था अनुसार त्रैमास सकिएको १५ दिन भित्र त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था थियो । बीचमा परेको लामो तिहार विदाको कारणले राष्ट्र बैंकले कार्तिक २१ गतेसम्मको समय अवधि थप गरेको हो ।

त्यस्तौ राष्ट्र बैंकले अर्को निर्देशन पनि दिएको छ । जस अनुसार इजाजतपत्रप्राप्त संस्थाको लेखानीति बमोजिम आ.व. २०८२ / ८३ को पहिलो त्रयमासमा प्रोदभावी आधार (Accrual Basis) मा लेखाङ्कन गरिएको ब्याज आम्दानी मध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा बैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा (Retained Earning) खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...
spot_img