नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले सम्पूर्ण बजार निर्माता र बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको जनाएको हो ।
२०८१ असार १ देखि सरकारी ऋणपत्रहरुको निष्काशन, नविकरण, दोस्रो बजार कारोवार र भुक्तानी लगायतका कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट भइरहेकोले सम्पूर्ण बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।
यस अघि राष्ट्र बैंकको अनुमतिमा बैंक तथा वित्तीय संस्थाले नै बजार निर्माता तथा बिक्री एजेन्टको रुपमा कार्य गर्दै आएका थिए ।