Wednesday, May 6, 2026
spot_img
spot_img

नवनियुक्त गर्भनरलाई महासंघले भन्यो, ‘व्यवसायीको मनोबल बढाउने नीति लिनु’

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीमैत्री वातावरण निर्माण हुने खालका नीति लिन सुझाव दिएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त गभर्नर पौडेललाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम आवश्यक रहेको सुझाव दिएको हो ।

महासंघको प्रतिनिधिमण्डलसँग गभर्नर डा. पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसँगगको छलफलका आधारमा मौद्रिक नीति लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । उनले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताएका हुन् ।

“निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो, अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरु पूर्वानूमानयोग्य हुनु पर्दछ । बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरुसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो” उनले भने । गर्भनर पौडेलले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने बताए ।

नवनियुक्त गर्भनरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । ‘कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैर मौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ’ महासंघका अध्यक्ष ढकालले भने, ‘नीतिगत अस्थीरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौं । केन्द्रीय बैंकका नीतिहरु पनि स्थिर हुन आवश्यक छ ।’

उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामिण अर्थतन्त्र चलायमान हुनुपर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनु पर्ने सुझाव दिए । अध्यक्ष ढकालले बजार चलायमान हुन नसक्नुको अर्को मुख्य कारण चालु पूँजी कर्जा सम्बन्धि मार्ग दर्शन रहेको हुँदा यसलाई क्षेत्र हेरि सहज बनाउनु पर्ने समेत बताएका छन् ।

महासंघले विगत वर्षहरुमा उच्च व्याजदरका कारण व्यवसायी एवं सर्वसाधारण समेतले कर्जाको किस्ता तिर्न नसक्दा चालु आ.व.मा खराब कर्जा बढ्दै गएको उल्लेख गर्दै कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव गर्भनरलाई दिएको छ ।

सो अवसरमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि देशको समग्र अथतन्त्र चलायमान हुन नसकेको उल्लेख गर्दै समग्र अर्थतन्त्र चलायमान हुनेगरि केन्द्रीय बैंकले भूमिका खेल्नु पर्ने बताए ।

यस्तै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैकमा रहेको तरलतालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तथा उद्योग र व्यापारलाई दिइने कर्जाको व्याजमा अन्तर गर्नु पर्ने सुझाव दिए । महासंघका उपाध्यक्षहरु हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यष भरतराज आचार्यले लगायत सहभागी थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर...

समृद्धि फाइनान्सद्वारा अनलाईन मार्फत धितो बन्धक रोक्का र फुकुवा सेवा सूचारु 

समृद्धि फाइनान्सले अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का र...

एसोसियट मतगणनाः १२ सय भोट गणना हुँदा प्रबलजंगलाई १८० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज...

एसोसियट मतगणनाः १००० भोट गनिसक्दा प्रबलजंगलाई १४० मतको अग्रता

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको...

ब्रोकर संघका अध्यक्ष सागर ढकाल महांसघको केन्द्रीय सदस्य निर्वाचित

युवा व्यवसायी सागर ढकालले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा...
spot_img