Monday, January 19, 2026
spot_img

बजारमा अधिक तरलता: आज थप ४० अर्ब खिच्दै राष्ट्र बैङ्क

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार ७ गते शुक्रबार  ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले १४ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।   निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको Online Bidding
System Software मार्फत मध्यान्ह १२ बजे भित्र आवेदन दिईसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

यस अघि राष्ट्र बैंकले हिजो बिहीबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । राष्ट्र बैङ्कले बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार बिहीबारको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ७५ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ५० अर्ब माग गरेकोमा बैङ्कहरुले ७४ अर्ब २० करोड रुपैयाँ अफर गरेका थिए । बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका हुन् । जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०५३७ प्रतिशत ब्याजमा ५० अर्ब रकम संकलन गरेको थियो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन...

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
spot_img
spot_img