Wednesday, July 9, 2025

अधिक तरलताको असर: ५० अर्ब माग गर्दा बैङ्कले अफर गरे ७४ अर्ब, शुक्रबार थप ४० अर्बको पालो

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज बिहीबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। राष्ट्र बैङ्कले बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार आजको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ७५ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ५० अर्ब माग गरेकोमा बैङ्कहरुले ७४ अर्ब २० करोड रुपैयाँ अफर गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका हुन् । जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०५३७ प्रतिशत ब्याजमा ५० अर्ब रकम संकलन गरेको छ ।

राष्ट्र बैङ्कले असार ७ गते शुक्रबार थप ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। विभागले १४ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।   निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img