Tuesday, April 21, 2026
spot_img
spot_img

अधिक तरलताको असर: ५० अर्ब माग गर्दा बैङ्कले अफर गरे ७४ अर्ब, शुक्रबार थप ४० अर्बको पालो

spot_img
spot_img

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज बिहीबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। राष्ट्र बैङ्कले बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको हो।

राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागका अनुसार आजको बोलकबोल प्रक्रियामा २१ बैङ्क तथा वित्तीय संस्थाले गरि कुल ७५ वटा बोलकबोल पेश गरेका थिए । राष्ट्र बैङ्कले ५० अर्ब माग गरेकोमा बैङ्कहरुले ७४ अर्ब २० करोड रुपैयाँ अफर गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले न्युनतम २.९९९९ प्रतिशत र अधिकतम ३.१० प्रतिशत ब्याजमा सो रकम अफर गरेका हुन् । जसमा राष्ट्र बैङ्कले भारित औसत ब्याजदरको रुपमा ३.०५३७ प्रतिशत ब्याजमा ५० अर्ब रकम संकलन गरेको छ ।

राष्ट्र बैङ्कले असार ७ गते शुक्रबार थप ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी गरेको छ। विभागले १४ दिनको लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क
तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।   निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।  समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइदैन। तर, राष्ट्र बैङ्कको निर्देशन बमोजिम कायम राख्नुपर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राफेको उत्पादन नेपाली बजारमा भित्रियो, रिप्लेसमेन्टको सुविधा

राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी) का उत्पादनहरू नेपाली बजारमा भित्रिएका...

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज वैशाख ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समिति गठन

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सरकारले सिफारिस...
spot_img