Wednesday, March 18, 2026
spot_img

घुस मागेको आरोप लागेका राष्ट्र बैंकका पूर्व संचालकलाई अख्तियारले फेरि बोलायो

spot_img
spot_img

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्व संचालक सुबोध कुमार कर्णको नाउँमा उपस्थित हुन आउन तीस दिने सूचना जारी गरेको छ। अख्तियारले आज जेठ २३ गते दोस्रो पटक सूचना जारी गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ बमोजिम सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ। कर्णमाथि व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस रकम मागेको आरोप छ।

अख्तियारको सूचनामा आयोगमा दर्ता भई अनुसन्धानको क्रममा रहेको नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्यले व्यावसायिक घराना सम्बद्ध व्यवसायीसँग घुस रकम मागेको भन्ने समेत व्यहोराको उजुरीको सम्बन्धमा कर्णसँग  केही कुरा बुझ्नुपर्ने उल्लेख छ । उनलाई आयोगको महाशाखा नं. २ मा उपस्थित हुन आउन भनिएको छ । तोकिएको म्यादभित्र उपस्थित हुन नआएमा कानून बमोजिम प्रक्रिया अगाडी बढ्ने अख्तियारले उल्लेख गरेको छ ।

कर्णले आफु राष्ट्र बैंकको संचालक हुँदा चौधरी समूहसँग घुस मागेको आरोप छ । चौधरी समूहले राष्ट्र बैंकमा खेपिरहेको व्यवधानको गाँठो फुकाइदिने भन्दै कर्णले निर्वाण चौधरीलाई घुस माग्दै मोबाइलमा म्यासेज पठाएको स्रोतको दाबी छ। स्रोतका अनुसार उनले ३० हजार डलर घुस मागेका थिए ।

त्यस समय अर्थ मन्त्री रहेका जनार्दन शर्माले गभर्नर समेत सहभागी रहेका एक सर्वजनिक कार्यक्रममा यसबारे प्रष्ट रुपमा भनेका थिए । उनले भनेका थिए ‘ राष्ट्र बैंकका एक संचालकले ३० हजार अमेरिकी डलर घूस मागेको कुरा मैले सुनेको छु, तर अहिलेसम्म त्यसको आधिकारिकता पुष्टि भने गर्न सकेको छैन । त्यस्ता सञ्चालक भएपछि पारदर्शिता हुन्छ ? सबैले आफ्नो ठाउँमा मर्यादा राख्नु पर्दैन ?’

त्यसको एक दिन अघि मात्र तत्कालिन सरकारले राष्ट्र बैंकका गभर्नरलाई नै निलम्बन गरेको थियो । पछि अदालतको आदेशपछि उनी नियमित काम मै छन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

तोलामा २२ सयले सस्तियो सुन, चाँदीको भाउमा पनि गिरावट

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नयाँ सरकारसँग निजी क्षेत्र के चाहन्छ ?

“परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको...

सामुदायिक लघुवित्तले पुँजी संरचना परिवर्तन गर्ने, चैत्र २७ गते साधारणसभा आह्वान

सामुदायिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ।...

आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक विदा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व...

साउदी र युएईसहित ७ देशको लागि श्रम स्वीकृति फेरि खुल्यो

सरकारले साउदी र युएईसहित ७ देशको लागि श्रम स्वीकृति...
spot_img