Tuesday, September 8, 2026
spot_img

नयाँ सरकारसँग निजी क्षेत्र के चाहन्छ ?

spot_img

“परिवर्तित जनादेशको परिवेशमा अर्थतन्त्रको दिशा निर्देश : निजी क्षेत्रको भूमिका र अपेक्षा” विषयक अन्तरक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् स्थल यातायात तथा पारवहन समितिका सभापति शिव प्रसाद घिमिरे समूहको आयोजनामा सम्पन्न कार्यक्रममा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा आर्थिक सुधारका सम्भावित उपायबारे बृहत् छलफल भएको छ ।

कार्यक्रममा हालै सम्पन्न निर्वाचनबाट प्राप्त परिवर्तित जनादेशको पृष्ठभूमिमा देशको अर्थतन्त्रको भावी दिशा, चुनौती र सम्भावनाबारे गहन छलफल गरिएको हो । कार्यक्रममा निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य तथा आर्थिक सुधारका आवश्यक कदमबारे सरोकारवालाबीच विस्तृत विचार–विमर्श भएको छ । विभिन्न निजी क्षेत्रका व्यवसायीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नयाँ बन्दै गरेको सरकार र नयाँ सरकार र निजी क्षेत्र बिचको सहकार्यका विषयमा गहन छलफल भएको छ । साथै, निजी क्षेत्रको भूमिका, सरकारसँगको सहकार्य र आर्थिक सुधारका लागि आवश्यक नीतिगत कदमहरूबारे सरोकारवालाबीच विस्तृत छलफल भएको छ ।

कार्यक्रममा व्यवसायीलाई स्वागत गदै शिव घिमिरेले परिवर्तित जनादेशको परिवेशमा नयाँ अवसर र सम्भावना सँगै मध्यपूर्वमा उत्पन्न युद्धका कारण उत्पन्न भएको आर्थिक चुनौतीका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । उनले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै रोजगारी सिर्जना, उत्पादन वृद्धि र राजस्व संकलनमा निजी क्षेत्रको अग्रणी भूमिका रहेको बताए । तर, नीतिगत अस्थिरता, प्रक्रियागत जटिलता, लगानीमैत्री वातावरणको अभाव तथा वित्तीय पहुँचमा कठिनाइ जस्ता समस्याले निजी क्षेत्रलाई अपेक्षित रूपमा अघि बढ्न अवरोध पु¥याइरहेको उनको भनाइ थियो । उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि स्पष्ट र स्थिर आर्थिक नीति आवश्यक रहेकोमा जोड दिए ।

घिमिरेले नयाँ सरकारसँग निजी क्षेत्रले उच्च अपेक्षा राखेको उल्लेख गर्दै लगानी सुरक्षा, कर प्रणालीमा सुधार, उद्योग–व्यवसाय सञ्चालनमा सहजीकरण तथा पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्दै सहकार्यलाई संस्थागत गर्न सके मात्र आर्थिक पुनरुत्थान सम्भव हुने बताए ।

त्यसैगरी, उनले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमलाई मध्यनजर गर्दै उत्पादनमुखी क्षेत्रलाई प्रवद्र्धन, आयात प्रतिस्थापन तथा निर्यात अभिवृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीतिहरू अवलम्बन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार अग्रसर हुनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा अर्थशास्त्री डा. विश्वास गौचनले “मध्यपूर्वको युद्ध र दुई तिहाइ बहुमतको सरकारलाई सुझाव” विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालको आर्थिक संरचना, ऋण व्यवस्थापन तथा दीर्घकालीन आर्थिक सुधारका आवश्यक कदमहरूबारे विस्तृत कार्यप्रत्र प्रस्तुति गर्नु भएको थियो । उहाँले अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न जोखिमले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे प्रकाश पार्दै त्यसअनुसार नीतिगत तयारी गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको प्रमुख विषय राजनीतिक स्थिरता रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले त्यसतर्फ सकारात्मक संकेत दिएको बताए । नेपालमा लगानी सुरक्षाको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिँदै उनले निजी क्षेत्रले निरन्तर त्यसको पक्षमा आवाज उठाउँदै आएको स्पष्ट पारे ।

उनले अर्थतन्त्रको मेरुदण्डकै रूपमा निजी क्षेत्रलाई सबैले स्वीकार गरिसकेको धारणा व्यक्त गर्दै सरकार गठनको तयारीमा रहेको दलले प्रतिबद्धतामा पनि निजी क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै यसले आगामी दिनमा थप आशा जगाएको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले संयमित, जिम्मेवार र एकताबद्ध ढंगले अगाडि बढ्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष अन्जन श्रेष्ठले कार्यक्रममा प्रस्तुत सबै सुझावप्रति आफ्नो समर्थन रहेको उल्लेख गरे । उनले सहभागीहरूबाट प्राप्त सुझावहरू संकलन गरिएको जानकारी दिँदै ती सुझावहरू आगामी नीति निर्माण र सरकारसँगको संवादका लागि महत्वपूर्ण आधार बन्ने बताए ।

साथै, वर्तमान अवस्थामा रोजगारीका लागि विदेश जानुपर्ने र उपभोगका लागि आयातमा निर्भर रहनुपर्ने यथार्थतर्फ संकेत गर्दै उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने आवश्यकता समेत उनले औल्याएका छन् । श्रेष्ठले बहुमतसहित गठन हुन लागेको सरकारप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रले नयाँ बन्ने सरकारबाट प्रोत्साहन खोजेको बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...