सहकारी बैंकका अध्यक्ष ८ अर्ब हिनामिना आरोपमा पक्राउ

spot_img

राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । सहकारीका बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ अपलचन गरेको आरोपमा उप्रेती पक्राउ परेका हुन् ।

उनलाई बुधबारै प्रहरीले समातेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइडियल यमुना हाम्रो सहकारी संस्थाका बचतकर्ताहरुले जोहरी दिएपछि उप्रेतीलाई पक्राउ गरिएको हो ।

उक्त सहकारीमा ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत छ । बचतकर्ताहरुले अरु सञ्चालकविरुद्द पनि उजुरी दिएका छन् । अन्य सञ्चालकहरु हाल फरार छन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत रहेका केबी उप्रेतीमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...