मौद्रिक नीतिमा उद्योग सङ्गठन मोरङको सुझावः उधारो नतिर्नेलाई कालोसूचीमा राखियोस्

spot_img

उद्योग सङ्गठन मोरङले आर्थिक वर्ष २०८१/०८२ को नयाँ मौद्रिक नीतिमा २४ बुँदे सुझाव दिएको छ । राष्ट्र बैङ्लाई उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिका लागि विभिन्न २४ बुँदे सुझाव पठाएको छ ।

सङ्गठनले उधारो कारोबार नियमन हुने खालको नीति बनाउन माग गरेको छ । उधारो नतिर्ने व्यक्तिहरुलाई कालोसूचीमा राख्न उद्योग व्यवसायले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको छ ।

कम्पनीहरूले कर्जा लिनुपर्दा कर्जा रकमलाई थाम्ने पर्याप्त धितो राख्दाराख्दै पनि सबै लगानीकर्ता र तिनका परिवारका एक एक सदस्यहरूको समेत व्यक्तिगत ग्यारेन्टी लिने प्रावधान रहेको भन्दै संगठनले यो व्यवस्था हटाउन माग गरिएको छ ।

यस्तै भारतबाट आउने सामानको भुक्तानी प्रक्रिया सहज बनाउने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । यस्तै, पुनर्कर्जा, कर्जा नोक्सानी व्यवस्थापन, चालु पुँजी कर्जा, कर्जाको पुनर्तालिकीकरण लगायतका विषय समेत समेटेर मौद्रिक नीति ल्याउन संगठनले केन्द्रीय बैङ्कलाई सुझाव दिएको छ ।

सङ्गठनका अध्यक्ष राकेश सुरानाले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिइएको कर्जामा जोखिम भार तथा कर्जा नोक्सानी व्यवस्थामा छुट गरिनुपर्ने बताएका छन् । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमुखी उद्योग तथा कृषि उत्पादन र प्रशोधनमा आधारित उद्योगहरूलाई दिइने कर्जाको जोखिम भार तथा आवश्यक कर्जा नोक्सानी व्यवस्थामा कम गरी नयाँ कर्जा लगानीका लागि बैङ्क तथा वित्तीय क्षेत्रलाई प्रोत्साहन हुने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ ।

सङ्गठनले उद्योग व्यवसाय घाटामा जाने बित्तिकै डिफल्टरका रूपमा लिएर कालोसूचीमा सूचीकृत गरिने प्रावधानले उद्योगी व्यवसायीलाई पलायन बनाउने भन्दै कालोसूचीमा राख्ने प्रावधान सुधार गर्न माग गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...