Thursday, July 16, 2026
spot_img

मौद्रिक नीतिमा उद्योग सङ्गठन मोरङको सुझावः उधारो नतिर्नेलाई कालोसूचीमा राखियोस्

spot_img

उद्योग सङ्गठन मोरङले आर्थिक वर्ष २०८१/०८२ को नयाँ मौद्रिक नीतिमा २४ बुँदे सुझाव दिएको छ । राष्ट्र बैङ्लाई उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिका लागि विभिन्न २४ बुँदे सुझाव पठाएको छ ।

सङ्गठनले उधारो कारोबार नियमन हुने खालको नीति बनाउन माग गरेको छ । उधारो नतिर्ने व्यक्तिहरुलाई कालोसूचीमा राख्न उद्योग व्यवसायले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्न पाउने व्यवस्था मिलाउन माग गरिएको छ ।

कम्पनीहरूले कर्जा लिनुपर्दा कर्जा रकमलाई थाम्ने पर्याप्त धितो राख्दाराख्दै पनि सबै लगानीकर्ता र तिनका परिवारका एक एक सदस्यहरूको समेत व्यक्तिगत ग्यारेन्टी लिने प्रावधान रहेको भन्दै संगठनले यो व्यवस्था हटाउन माग गरिएको छ ।

यस्तै भारतबाट आउने सामानको भुक्तानी प्रक्रिया सहज बनाउने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ । यस्तै, पुनर्कर्जा, कर्जा नोक्सानी व्यवस्थापन, चालु पुँजी कर्जा, कर्जाको पुनर्तालिकीकरण लगायतका विषय समेत समेटेर मौद्रिक नीति ल्याउन संगठनले केन्द्रीय बैङ्कलाई सुझाव दिएको छ ।

सङ्गठनका अध्यक्ष राकेश सुरानाले उत्पादनमुखी उद्योग र कृषि उत्पादन तथा प्रशोधन उद्योगमा दिइएको कर्जामा जोखिम भार तथा कर्जा नोक्सानी व्यवस्थामा छुट गरिनुपर्ने बताएका छन् । स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमुखी उद्योग तथा कृषि उत्पादन र प्रशोधनमा आधारित उद्योगहरूलाई दिइने कर्जाको जोखिम भार तथा आवश्यक कर्जा नोक्सानी व्यवस्थामा कम गरी नयाँ कर्जा लगानीका लागि बैङ्क तथा वित्तीय क्षेत्रलाई प्रोत्साहन हुने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ ।

सङ्गठनले उद्योग व्यवसाय घाटामा जाने बित्तिकै डिफल्टरका रूपमा लिएर कालोसूचीमा सूचीकृत गरिने प्रावधानले उद्योगी व्यवसायीलाई पलायन बनाउने भन्दै कालोसूचीमा राख्ने प्रावधान सुधार गर्न माग गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img