Friday, March 21, 2025
spot_img
spot_img

ऋण उठाउन जाँदा धम्की आउन थालेपछि सहकारी महासंघले गृहमन्त्रीलाई गुहार्‍यो

ऋण उठाउन जाँदा धम्की र गालीगलौज हुन थालेपछि सहकारी अभियन्ताहरुले गृहमन्त्रीलाई गुहारेका छन् । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा र सम्बन्धित ऋणीको धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ र सहकारी बैङ्कका प्रतिनिधिले गृहमन्त्री रबी लामिछानेसँग सुरक्षाको माग गरेका हुन् ।

सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी संस्थाबाट ऋण लगेकाहरुसँग ऋण असुली गर्न जाँदा र सम्बन्धित ऋणीको धितो लिलाम प्रकृयामा विभिन्न समूहले अवरोध पुर्‍याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको माग गरेकी छिन् । सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्दै केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि धम्की आउने गरेको, गालीगलौज गर्ने गरिएको र धितो लिलामी प्रकृयामा अवरोध हुने गरेको अध्यक्ष मल्लको भनाइ छ ।

सहकारीका विषय सरकारले गम्भीरताका साथ हेरिरहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले ऋण अशुली र धितो लिलाममा भइरहेको अवरोध हटाउन गृह मन्त्रालयले आवश्यक अध्ययन गरेर परिपत्र गर्ने आश्वासनसमेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जापान बन्यो आगामी विश्वकपको लागि छनौट हुने पहिलो देश

फिफा विश्वकप २०२६ का लागि छनोट हुने पहिलो देशको...

सवा २० अर्बमा ९० मेगावाटको अर्धजलाशययुक्त आयोजना बनाउँदै एमए पावर, EIA तयार

एम.ए. पावर प्रा. लि.ले निर्माण गर्न लागेको ९० मेगावाट...

महिला लघुवित्तको साधारणसभा सम्पन्न

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा आज...

८ महिनामा १ अर्ब ३३ करोडको सिमेन्ट निर्यात

चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब बढीको सिमेन्ट...

परिसंघले भन्यो ‘१२ घण्टा लोडसेडिङ्गले उद्योगलाई मर्माहत बनायो, नियमित विद्युत देउ’

नेपाल उद्योग परिसंघले उद्योगहरुमा तत्काल विद्युत् नियमित गर्न आग्रह गरेको...

५७ प्रतिशतले बढ्यो नेपालको निर्यात, ८ महिनामा ९८७ अर्ब व्यापार घाटा

चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनासम्ममा नेपालले ११...
spot_img