Tuesday, August 18, 2026
spot_img

ऋण उठाउन जाँदा धम्की आउन थालेपछि सहकारी महासंघले गृहमन्त्रीलाई गुहार्‍यो

spot_img

ऋण उठाउन जाँदा धम्की र गालीगलौज हुन थालेपछि सहकारी अभियन्ताहरुले गृहमन्त्रीलाई गुहारेका छन् । सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जा उठाउन जाँदा र सम्बन्धित ऋणीको धितो लिलामी गर्दा धम्की आउन थालेपछि सहकारी महासंघ र सहकारी बैङ्कका प्रतिनिधिले गृहमन्त्री रबी लामिछानेसँग सुरक्षाको माग गरेका हुन् ।

सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी संस्थाबाट ऋण लगेकाहरुसँग ऋण असुली गर्न जाँदा र सम्बन्धित ऋणीको धितो लिलाम प्रकृयामा विभिन्न समूहले अवरोध पुर्‍याएको भन्दै आवश्यक सुरक्षा व्यवस्थाको माग गरेकी छिन् । सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्दै केही अराजक समूहबाट भ्रम फैलाइएको, ऋण असुलीमा जाने कर्मचारीमाथि धम्की आउने गरेको, गालीगलौज गर्ने गरिएको र धितो लिलामी प्रकृयामा अवरोध हुने गरेको अध्यक्ष मल्लको भनाइ छ ।

सहकारीका विषय सरकारले गम्भीरताका साथ हेरिरहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवाञ्छित गतिविधिमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले ऋण अशुली र धितो लिलाममा भइरहेको अवरोध हटाउन गृह मन्त्रालयले आवश्यक अध्ययन गरेर परिपत्र गर्ने आश्वासनसमेत दिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img