मनकामना स्मार्ट लघुवित्त र समता घरेलु लघुवित्तको यहि असार २४ गतेबाट एकीकृत कारोबार हुने भएको छ।
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार हुन भएको हो ।
समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो ।
यी दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति सम्बन्धी अन्तिम स्वीकृति दिएको थियो ।
प्राप्तिपछि कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका- ७, काभ्रेपलाञ्चोकमा रहने छ । असार २४ गतेदेखि दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ-आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने छ ।