Thursday, April 23, 2026
spot_img
spot_img

नेपाल भित्रियो ‘बीवाईडी एम सिक्स’, यस्ता छन् विशेषता

spot_img
spot_img

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडीको मल्टिपर्पोज भेहिकल एम–सिक्स भित्र्याएको छ । कम्पनीले नेपाल ल्याएको एम–सिक्स सार्वजनिकको तयारी गरेको छ ।

साइमेक्सका अनुसार एम–सिक्स नेपाली बजारमा ५५.४ किलोवाट आवर र ७१.८ किलोवाट आवरका दुई भेरियन्ट भित्रिएका छन् । ६ सिटर मोडललाई सुपेरियर मोडल नाम दिइएको छ भने ७ सिटर मोडललाई स्ट्यान्डर्ड मोडल नाम दिइएको छ ।

५५.४ किलोवाट आवर ब्याट्री क्षमता भएको एम–सिक्सले ४२० किलोमिटर र ७१.८ किलोवाट आवर ब्याट्री क्षमताको एम–सिक्सले ५३० किलोमिटर रेन्ज दिने बताइएको छ ।

यो कर पर्याप्त लेग र हेडरूमसहितको इन्टेरियर डिजाइनमा तयार पारिएको छ । यसमा सफ्ट–टच प्लास्टिक र उच्च गुणस्तरको अपहोल्स्टरी सामग्री प्रयोग गरिएको छ । १२.८ इन्चको रोटेसनल इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियेन्ट लाइटिङ र प्यानोरामिक सनरुफ जस्ता सुविधा समावेश रहेको कम्पनीले जनाएको छ ।

१९ इन्चका अलोइ ह्विल, एलईडी टेल लाइट, पावर टेलगेट र स्लिम एलईडी हेडलाइट भएको यो गाडीको मूल्य भने सार्वजनिक भइसकेको छैन । कम्पनीले गाडी सार्वजनिक गर्दा मूल्य पनि सँगै सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...

शिर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठित आयोगले थाल्यो काम

 सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले  औपचारिक रूपमा कार्य...

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...
spot_img