Wednesday, June 24, 2026
spot_img

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

spot_img
spot_img

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । मतगणना नसकिंदै उनले राष्ट्रपति निर्वाचित हुनको लागि पर्याप्त मत पाएका हुन् ।

अमेरिकाको सबै राज्यको कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्छन्।   हालसम्म ट्रम्पले २७९ इलेक्ट्रोल कलेजनमा विजय हाँसिल गरिसकेका छन्। केहि स्थानको अन्तिम परिणाम नआउदै उनी राष्ट्रपति निर्वाचित भएका हुन्।

यस संगै उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन्। अब उनी ४ वर्षपछि फेरि ट्रम्प राष्ट्रपति बन्ने छन् र अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा रहने छन्। यस अघि उनी सन् २०१६ मा चुनाव जितेर ४ वर्ष राष्ट्रपति बनेका थिए । उनी सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार बने पनि हालका राष्ट्रपति जो बाईडेनसँग पराजित भएका थिए। अब भने उनी आगामी ४ वर्षको लागि राष्ट्रपति रहने छन् । उनको सपथ भने सन् २०२५ को जनवरीमा हुने छ।

विजयी निश्चित भएसंगै ट्रम्पले फ्लोरिडा राज्यमा सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा उनले अमेरिकाको लागि सुनौलो युग भएको प्रतिक्रिया दिएका छन् र अमेरिकालाई फेरि महान बनाउने घोषणा गरेका छन्। उनले अमेरिकी जनताले आफुलाई अभूतपूर्व र शक्तिशाली म्यान्डेट दिएको बताएका छन् ।

उपराष्ट्रपतिमा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका जेडी भ्यान्स निर्वाचित भएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...
spot_img