Saturday, November 15, 2025
spot_img

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

spot_img

विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् । मतगणना नसकिंदै उनले राष्ट्रपति निर्वाचित हुनको लागि पर्याप्त मत पाएका हुन् ।

अमेरिकाको सबै राज्यको कूल इलेक्ट्रोल कलेजको पाँच सय ३८ मध्ये दुई सय ७० भोट ल्याउनेले निर्वाचनमा जीत हासिल गर्छन्।   हालसम्म ट्रम्पले २७९ इलेक्ट्रोल कलेजनमा विजय हाँसिल गरिसकेका छन्। केहि स्थानको अन्तिम परिणाम नआउदै उनी राष्ट्रपति निर्वाचित भएका हुन्।

यस संगै उनले डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन्। अब उनी ४ वर्षपछि फेरि ट्रम्प राष्ट्रपति बन्ने छन् र अमेरिकाको ४७ औ राष्ट्रपतिको रुपमा रहने छन्। यस अघि उनी सन् २०१६ मा चुनाव जितेर ४ वर्ष राष्ट्रपति बनेका थिए । उनी सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार बने पनि हालका राष्ट्रपति जो बाईडेनसँग पराजित भएका थिए। अब भने उनी आगामी ४ वर्षको लागि राष्ट्रपति रहने छन् । उनको सपथ भने सन् २०२५ को जनवरीमा हुने छ।

विजयी निश्चित भएसंगै ट्रम्पले फ्लोरिडा राज्यमा सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा उनले अमेरिकाको लागि सुनौलो युग भएको प्रतिक्रिया दिएका छन् र अमेरिकालाई फेरि महान बनाउने घोषणा गरेका छन्। उनले अमेरिकी जनताले आफुलाई अभूतपूर्व र शक्तिशाली म्यान्डेट दिएको बताएका छन् ।

उपराष्ट्रपतिमा पनि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका जेडी भ्यान्स निर्वाचित भएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मल्टीपर्पस फाइनान्स पनि आरटीजीएस प्रणालीमा आवद्द

मल्टीपर्पस फाइनान्स लिमिटेड पनि नेपाल राष्ट्र बैंकको Real Time...

७९ प्रतिशतले बढ्यो विकाश हाइड्रोपावरको खुदनाफा

विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

फ्रान्स पनि आगामी फिफा विश्वकपको लागि छनौट, ४८ मध्ये २९ देशको टुंगो लाग्यो

फ्रान्स राष्ट्रिय फुटबल टोलीले युरोपेली छनोट समूह 'डी' को...

नेपाली उपभोक्ताका लागि भरपर्दो र विश्वसनीय बन्दै हुन्डाईको क्रेटा इभी

नेपालमा इलेक्ट्रिक सवारी साधनप्रति उपभोक्ताको रुची बढ्दो छ ।...

४९.९५ मेगावाटको दाना खोला आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य भारतको फ्लोभेलले गर्ने

लालुपाते हाईड्रोपावर कम्पनीले निर्माण गर्ने ४९.९५ मेगावाट क्षमताको दाना...

कुलमानले खारेज गरेको पुनरावलोकन समिति ब्यूँत्याउन उद्योगीहरुको माग

ऊर्जामन्त्री कुलमान घिसिङले खारेज गरेको प्रशासकीय पुनरावलोन समिति ब्यूँत्याउन...
spot_img
spot_img
spot_img