Sunday, April 19, 2026
spot_img
spot_img

नेपालमा विस्तार हुँदै अन्तराष्ट्रिय चेन होटल ब्राण्ड ‘ह्यात’, गोल्यान समूह ‘ह्यात रेजेन्सी लुम्बिनी’ बनाउँदै

spot_img
spot_img

अन्तराष्ट्रिय चेन होटल ब्राण्ड ‘ह्यात’ले नेपालमा आफ्नो विस्तार गर्न थालेको छ । गोल्यान समूहसँगको सहकार्यमा ‘ह्यात’ ब्राण्डको ‘ह्यात रेजेन्सी लुम्बिनी’ खुल्न लागेको हो ।

१७५ कोठा हुने ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा चौथो ह्यात ब्राण्डको होटल हुनेछ । गोल्यान समूहले ह्यात ब्राण्डमै दोस्रो होटल सञ्चालन गर्न लागेको हो । यसअघि उक्त समूहले काठमाडौँको ताहाचलमा ‘ह्यात प्यालेस’ सञ्चालनमा ल्याइसकेको छ ।

शिकागो (नोभेम्बर ५, २०२४)मा ह्यात होटल्स कर्पोरेसनले गोल्यान ग्रुपको एउटा हिस्सा रहेको वेदा होस्पिटालिटी प्राइभेट लिमिटेडसँग ह्यात रेजेन्सी लुम्बिनीको व्यवस्थापन सम्झौता सहितको घोषणा गरेको छ । यो होटल नेपालमा चौथो ह्यात ब्रान्ड भएको होटल हुनेछ, जसले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपुर्ण स्थान रहेको पुष्टि हुने बताइन्छ ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, शान्त र आध्यात्मिक महत्व बोकेको नगर हो । लुम्बिनीले संसारभरका यात्रुहरुलाई आकर्षण गर्दछ । विश्व सम्पदा सूचीमा सुचीकृत रहेको स्थान लुम्बिनी ऐतिहासिक सम्पदाहरूको विशाल बगैंचा हो, जहाँ अशोक स्तम्भ, विभिन्न गुम्बा र मठमन्दिरहरू रहेका छन् । जसले विश्वभरका बौद्ध परम्पराहरूलाई प्रतिबिम्बित गर्दै सांस्कृतिक प्ररम्परालाई आदानप्रदान गर्न प्रोत्साहन गर्दछ ।

दानो नदीको मनमोहक किनारमा रहने ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमै हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल शहर र नेपाल–भारत सीमाको नजिक ‘ह्यात रेजेन्सी लुम्बिनी’ अवस्थित रहने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्याउनका निम्ती महत्वपुर्ण योगदान गर्ने विश्वास लिइएको छ । हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा खुल्ने अपेक्षा गरिएको छ ।

“नेपाल दक्षिण–पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि हामी ह्यात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रान्तमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहयोगको अपेक्षा गर्दैछौं, लुम्बिनीको प्राचीन सांस्कृतिक र आध्यात्मिक , यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा रहन्छ । यसले ह्यातको संसारभरका महानुभाव, ग्राहक र सञ्चालकको मनपर्ने गन्तव्यका रुपमा हाम्रो ब्रान्डको दायरालाई विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछु” ह्यात होटल्स कर्पोरेसनका भारत र दक्षिण–पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुव राठौरले भने ।

“ह्यातसँगको सहकार्यकम लुम्बिनीमा पहिलो ह्यात रेजेन्सी ब्रान्डको होटल बनाउने कुराको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं’ गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, ‘ह्यात रेजेन्सी लुम्बिनीमार्फत त्यस क्षेत्रलाई विश्वस्तरीय गन्तव्यका रुपमा विकास गर्नु गोल्यान समूहको उदेश्य हो, जसले नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्याउने र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन हुने विश्वास लिएका छौँ । हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण गन्तव्य बन्नेछ र नेपालको पर्यटन उद्योगको विकासमा प्रमुख योगदान गर्नेछ ।”

नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुनेछन् । लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई प्रतिबिम्बित गर्नका लागि ध्यानपूर्वक डिजाइन गरिएको छ । ११ एकड जमिनमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजन, कार्यक्रम र बैठक स्थलहरूसहित अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी, र अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

हाल भारत र दक्षिण–पश्चिम एशियामा ह्यातका ५२ होटल सञ्चालनमा छन् । जसमा ५० भारतमा र नेपालमा २ रहेका छन् । जसमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...

तामाकोशीमा जेटबोट र र्‍याफ्टिङ

रामेछापको मन्थलीस्थित तामाकोशी नदीमा जेटबोट र र्‍याफ्टिङ सेवा सञ्चालनमा...

२० करोड माथिको कारोबार गर्ने व्यवसायीले अनिवार्य विद्युतीय बिल जारी गर्नुपर्ने

आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार...

सुनचाँदीको भाउ बढ्यो

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिन...

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने...
spot_img