Wednesday, June 24, 2026
spot_img

३०.५ प्रतिशतले बढ्यो ग्रामिण विकास लघुवित्तको खुद नाफा, अन्य सूचक कस्तो ?

spot_img
spot_img

ग्रामिण विकास लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३०.५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले ८ करोड ७९ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड ७३ लाख मात्रै थियो । कम्पनीको संचालन मुनाफा १३ करोड ७८ लाखबाट बढेर १५ करोड ४ लाख पुगेको छ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ६८ लाखबाट बढेर ३२ करोड २२ लाख पुगेको छ। कम्पनीको खुद फि तथा कमिशन आम्दानी ८५ लाख १९ हजारबाट बढेर ३ करोड ३ लाख पुगेको छ। साथै कम्पनीले इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम १० करोड ३९ लाखबाट घटेर २ करोड १ लाखमा सिमित भएको छ। यी कारण कम्पनीको खुद नाफा बढेको देखिन्छ । खुद नाफा बढेपनि कम्पनीको वितरण योग्य मुनाफा भने ३० करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

कम्पनीको खरान कर्जा ११.५ प्रतिशतबाट घटेर ४.७८ प्रतिशतमा झरेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (वार्षिक) ३५.८० रुपैयाँ तथा प्रति शेयर नेटवर्थ २५४.८८ रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img