Saturday, August 29, 2026
spot_img
spot_img

अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसिया कारबाहीमा

spot_img

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।

थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो। करिब एक घण्टा ‘होल्ड’ भएपछि विमान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एसियाको उडान तत्कालका लागि निलम्बन गरिएको छ। नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द भएको छ।

सूचना अधिकारी भूलले थाई एयर एसियाको उक्त विमानको शनिबारसमम्म मात्रै उडान अनुमति रहेकाले आजको उडानलाई ‘विशेष चार्टर्ड’ उडानको अनुमति दिइएको जानकारी दिए।

‘विमानलाई धेरै समय होल्डिङ गर्दा सुरक्षाको विषय पनि आउछ,’ उनले भने, ‘यात्रुको सुरक्षा र मानवीयताको कारणले आजको उडानलाई अनुमति दिएर विमान अवतरण गरिएको हो। अब, तत्कालको लागि नेपालको सम्पूर्ण अनुमति रद्द गरिएको छ। जिएसए पनि रद्द भएको छ।’

विशेष चार्टर्ड उडान अनुमति पाएको सो विमानले काठमाडौँबाट आजै यात्रु लिएर बैंकक फर्किने विमानस्थल कार्यालयले जनाएकोछ। थाई एयर एसियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ बनाएको थियो। अनुमति नलिई विमान अवतरण गर्न खोजेपछि प्राधिकरणले कारबाही गरेको हो।

प्राधिकरणले २७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५ सम्मको उडान तालिका सार्वजनिक गरेको छ। थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ

त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर...

उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग

नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार...

यी हुन् ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित ५ जिल्लाका १५ स्थानीय तह

भोटेकोशी बाढीका कारण अति प्रभावित १५ स्थानीय तह ‘विपद्...

पृथ्वी राजमार्ग सञ्चालनमा आयो

बाढीका कारण बन्द रहेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ...

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ९३४ जना सम्पर्क बिहिन, २५४ को उद्वार

भोटेकोशी बाढीको कारण क्षतिग्रस्त जलविद्युत आयोजनाहरुबाट ९३४ जना सम्पर्क...

८७ वर्षीया राणाद्वारा सरकारलाई १ करोड ९ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड...