Saturday, July 18, 2026
spot_img

अपि पावरको भावी योजना: जलाशययुक्त जलविद्युतदेखि ठूला क्षमताको सोलार

spot_img

अपि पावर कम्पनीले आफ्नो भावी कार्यक्रम अन्तर्गत जलाशययुक्त जलविद्युत तथा ठुला क्षमताको सोलर विद्युत आयोजना विकास गर्ने जनाएको छ । कम्पनीको साधारणसभाको क्रममा शेयरधनीहरुलाई सम्बोधन गर्दै कम्पनीकी अध्यक्ष सिर्जना खड्काले यस्तो बताएकी हुन् ।

उनका अनुसार कम्पनीले आफ्नो भावी कार्यक्रम अन्तर्गत जलाशययुक्त जलविद्युत तथा ठुला क्षमताको सोलर विद्युत आयोजना, वायु विद्युत आयोजना, हाइड्रोजन ऊर्जा आयोजनाका साथै कृषि विकासका आयोजनाहरूको अध्ययन गर्दै विकास तथा निर्माण गरी विद्युत उत्पादनलाई औद्योगिक परियोजनामा उपयोग गरी देशलाई सम्पन्न बनाउने लक्ष्य लिई कार्य गरिरहेको छ ।

अपि पावर कम्पनी लिमिटेडले आफ्नो संचालनमा रहेको जलविद्युत तथा सौर्य विद्युत आयोजनाहरूको तोकिएको समयसिमामा निरिक्षण गर्दै गराउँदै प्रतिवेदन अनुरूप नियमित मर्मत सम्भारका कार्यहरू गर्दै आयोजनाहरूको Efficiency Maintain गर्दै व्यवसायिक विद्युत उत्पादनलाई ध्यानराखी कम्पनीको आम्दानी तथा शेयरधीहरूलाई बढीभन्दा बढी मुनाफा दिन कटिबद्ध भइ कार्य गरिरहेको उनले उल्लेख गरिन् ।

अपि पावर कम्पनी लिमिटेड संस्थागत सुशासन कायम गर्दै सदैव कम्पनीका आदरणीय शेयरधनीहरूको हितलाई ध्यानमा राखी कार्य गर्दै आईरहेको उनले बतईन्। उनले भनिन्’ हाम्रो उद्देश्य यस अपि पावर कम्पनी लिमिटेडलाई नेपालकै सवैभन्दा ठुलो र राम्रो कम्पनीको रूपमा स्थापित गर्ने हो । यसबाट हामी कुनै पनि दिन विक्षिप्त भएका छैनौ । ‘

अध्यक्ष खड्काले अपि पावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लामा वहने त्रिशुली नदीमा ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजनाको विकास गरिरहेको जानकारी दिईन्। कम्पनीले उर्जा मन्त्रालय, विद्युत विकास विभागबाट मिति २०८०/०१/२१ गते ३० मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी नेपाल विद्युत प्राधिकारण समक्ष विद्युत खरिद विक्रि सम्झौताको लागि दरखास्त पेश गरिएकोमा मिति २०८०/०६/१२ गते आयोजनाको ने.वि.प्रा. र कम्पनी बिच ग्रिड कनेक्सन सम्झौता सम्पन्न गरिएको उनले बताईन्।

उनका अनुसार कम्पनीले आ.व. २०८१/८२ भित्रमा आयोजनाको ने. वि. प्रा. संग विद्युत खरिद बिक्रि सम्झौता सम्पन्न गरी उर्जा मन्त्रालय, विद्युत विकास विभागबाट आयोजनाको विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी निर्माण कार्य शुरू गर्नेगरी कार्य गरिरहेको छ । अपि पावर कम्पनी लिमिटेडको शतप्रतिशत लगानी रहेको अपि चमेलिया पावर लिमिटेड कम्पनीबाट यो जलविद्युत आयोजना प्रवर्द्धन गरिनेछ । यस आयोजनामा हालसम्म अपि पावर कम्पनी लिमिटेडको रू. ७.५५ करोड लगानी रहेको छ ।

अध्यक्ष खड्काका अनुसार अपि पावर कम्पनी लिमिटेडले मुनाफादायी जलविद्युत आयोजनाहरूको अध्ययन गर्ने क्रममा लटिनाथ पावर लिमिटेडबाट दार्चुला जिल्ला, मार्मा गा.पा. मा वहने न्वागाढ नदीमा ९.७ मेगावाट क्षमताको जलाशय आयोजना न्वागाढ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन गरी सर्वेक्षण अनुमति पत्रको लागि श्री नेपाल सरकार, ऊर्जा मन्त्रालय, विद्युत विकास विभागमा निवेदन पेश गरेको छ । यो आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गरी संचालन गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना स्थलबाट करिब ७ किलोमिटरमा अवस्थित छ । यस आयोजनाबाट उत्पादित विद्युत माथिल्लो चमेलिया जलविद्युत आयोजनाको १३२ के. भि. डबल सर्किट लाईनको उपयोग गरी सहजै नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा प्रवाह गरिनेछ । यस ९.७ मेगावाट क्षमताको जलाशय आयोजना न्वागाढ जलविद्युत आयोजनाको अपि पावर कम्पनी लिमिटेडले बहुमत शेयर खरिद गरी लगानी गरिने छ । यो आयोजनाको सम्भाव्यता अध्ययन, सर्वेक्षण अनुमति पत्र, विद्युत खरिद बिक्रि सम्झौता तथा उत्पादन अनुमति पत्र प्राप्त गर्ने कार्य कम्पनीले आगामी आ.व. भित्र सम्पन्न गर्ने लक्ष्य सहित कार्य गरिरहेको उनले बताईन्।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...
spot_img