Thursday, April 23, 2026
spot_img
spot_img

ईभी आयातको उकालो ग्राफः ३ महिनामै २५ सय बढी बिजुली कार नेपाल भित्रिए

spot_img
spot_img

चालु आर्थिक वर्षको ३ महिनामै २ हजार ५ सय बढी इलेक्ट्रिक कार (जीप, कार, भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ, असोज)सम्मको आयात र निर्यातको विवरण अनुसार २ हजार ५२० युनिट विद्युतीय सवारीसाधन आयात भएका हुन् ।

भन्सार विभागका अनुसार असोज मसान्तसम्म ६ अर्ब १२ करोड ४३ लाख ८३ हजार रुपैयाँ बराबरका २ हजार ५२० युनिट ईभी आयात भएका छन् ।

असोज एक महिनामा मात्रै ९१८ युनिट ईभी आयात भएका छन् । भदौमा १ हजार २२१ र साउनमा ३८१ युनिट ईभी आयात भएका थिए ।

भन्सार विभागका अनुसार तीन महिनामा ५० किलोवाट सम्मका ७७२ युनिट ईभी भित्रिएका छन् । सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका १ हजार ५८२ युनिट ईभी आयात भएका छन् । १०१ देखि २०० किलोवाट सम्मका १५९ युनिट र २०१ देखि ३०० किलोवाट क्षमताका ७ युनिट विद्युतीय गाडी आयात भएका छन् ।

नेपालमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएको छ । ३ महिनामा चीनबाट मात्रै १ हजार ७६७ युनिट ईभी नेपाल आउँदा भारतबाट ७४७ वटा र जर्मनीबाट ५ वटा ईभी आएका छन् । अमेरिकाबाट एक थान ईभी आएको छ ।

ईभी आयातबाट सरकारले ३ महिनामा ३ अर्ब ७५ करोड ४३ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ । असोज महिनामा मात्रै १ अर्ब ४४ करोड २१ लाख १२ हजार राजश्व संकलन भएको विभागले जनाएको छ ।

भदौमा १ अर्ब ७९ करोड ३ लाख ७७ हजार र साउनमा ४२ करोड १८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा विद्युतीय हाजिरी प्रणालीबाट...

सुदूरपश्चिममा क्षमताको १ प्रतिशतभन्दा पनि कम विद्युत उत्पादन, कहाँ देखियो समस्या ?

महाकाली, सेती र कर्णाली गरी तीनवटा मुख्य जलाधार रहेको...

५० करोड लगानीमा गोल्छाले नेपालमै सुरु गरे सर्भो लुब्रिकेन्टको उत्पादन

औद्योगिक घराना गोल्छा ग्रुपले नेपालमै सर्भो लुब्रिकेन्टको उत्पादन सुरु...

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ प्रतिवेदन मन्त्री समक्ष पेश

आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित ‘ऊर्जा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ३ निर्णय

आज वैशाख १० गते बिहीबार बसेको मन्त्रिपरिषद बैठक सम्पन्न...

पक्राउको हल्लापछि गोल्छाले भने, ‘म अफिसमा बसेर काम गरिरहेको छु’

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफूलाई...
spot_img