Wednesday, June 24, 2026
spot_img

१२४ प्रतिशतले बढ्यो मल्टीपर्पस फाइनान्सको खुद नाफा, अन्य सूचक कस्तो ?

spot_img
spot_img

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सको खुद नाफा १२४.५३ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ४७ लाख खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६५ लाख ८० हजार थियो ।

कम्पनीको खुद ब्याज आम्दानी १८.५१ प्रतिशतले बढेर २ करोड ३१ लाख पुगेको छ।कम्पनीले अन्य संचालन आम्दानी शिर्षकमा १ करोड ७८ लाख आम्दानी गरेको छ। यस अवधिमा कम्पनीले इम्पेयरमेन्ट चार्ज अन्तर्गत ९८ लाख ७३ हजार रिभर्स गरेको छ।  यी कारणले कम्पनीको खुद नाफा बढेको हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९.६९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११५.७३ रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ४.९७ प्रतिशत रहेको छ।

६१ करोड २ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ६ करोड ६१ लाख रहेको छ। यस अवधिमा कम्पनीले २ अर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब ५३ करोड कर्जा प्रवाह गरेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img