संचालनमा रहेका २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । प्रकाशित वित्तीय विवरण अनुसार बैंकहरुको खुद नाफा समग्रमा २१.६३ प्रतिशतले बढेको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको खुदनाफा १३ अर्ब ३४ करोड ४८ लाख रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा बढेर १६ अर्ब २३ करोड १९ लाख पुगेको छ।
यस अवधिमा प्रतिशतको आधारमा सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकको नाफा सर्वाधिक बढेको छ। यी दुई बैंकको नाफा क्रमश ७९१.४३ प्रतिशत र ४२०.५३ प्रतिशतले बढेको छ।
त्यस्तै रकमको तुलनामा नबिल बैंक र ग्लोबल आईएमई बैंकले सर्वाधिक नाफा कमाएका छन् । यी दुई बैंकको खुद नाफा क्रमश २ अर्ब ५ करोड र १ अर्ब ५१ करोड रहेको छ ।
यस अवधिमा ७ बैंकको खुद नाफा भने घटेको छ । जस मध्ये एनआईसी एशिया बैंकको खुद नाफा सर्वाधिक ८९.०६ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ८२.४० प्रतिशतले घटेको छ ।
हेर्नुस् आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा वाणिज्य बैंकको खुदनाफाको विवरण । सबै रकम रु.लाखमा देखाईएको छ।













