नेपाल राष्ट्र बैंकले यस अघिको त्रुटी सच्याएर बैंक तथा वित्तीय सँस्थाको वित्तीय विवरण पुन: प्रकाशन गरेको छ। राष्ट्र बैंकले यस अघि गत कार्तिक ४ गते वेबसाइटमा विवरण अपलोड गरेको थियो ।
तर सो विवरणमा केहि त्रुटी भेटिएपछि राष्ट्र बैंकले सोहि दिन सो फाइल वेबसाइटबाट हटाएको थियो । आज कार्तिक ६ गते राष्ट्र बैंकले नयाँ विवरण सार्वजनिक गरेको हो । यद्यपि विवरण सार्वजनिक गरिएको मिति भने कार्तिक ४ कै राखिएको छ ।
विवरण अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनाको अवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख खुद नाफा कमाएका छन् । यस अवधिमा नबिल बैंकले सर्वाधिक १ अर्ब ६६ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले १ अर्ब ५६ करोड खुद नाफा कमाएको छ। त्यस्तै त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४१ करोड, हिमालयन बैंकले १ अर्ब १६ करोड तथा कुमारी बैंकले १ अर्ब ८ करोड खुद नाफा कमाएको छ।
यस अवधिमा माछापुच्छ्रे बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३९ करोड २४ लाख रहेको छ भने नेपाल एसबिआई बैंकको खुद नाफा ५३ करोड ३९ लाख रहेको छ।
खुद नाफा धेरै हुँदा कम्पनी राम्रो र कम नाफा हुँदा कम्पनी नराम्रो हुने भने होइन । सो नाफा कमाउन कम्पनीले कति लगानी गरेको छ भन्ने विषय धेरै महत्वपूर्ण हुन्छ ।
हेर्नुस् चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो २ महिनाको अवधिमा कुन वाणिज्य बैंकको खुद नाफा कति ?










