Friday, September 4, 2026
spot_img

अपि पावरको शेयर मूल्य समायोजन, अब कतिमा सुरु हुन्छ कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ३११ रुपैयाँलाई आधार मानेर शेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९६.१९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर कम्पनीको अबको कारोबार खुला हुनेछ ।

अपि पावर कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कार्तिक २ गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसअनुसार कार्तिक १ गतेसम्म कायम शेयरधनीले कम्पनीको ५ प्रतिशत लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लभांश घोषणा गरेकोमा विद्युत नियमन आयोगले उक्त लाभांश वितरण गर्न नमिल्ने भनेपछि कम्पनीले लाभांश संशोधन गर्दै ५ प्रतिशत नगद लाभांश र ०.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले कार्तिक ११ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...