Saturday, July 18, 2026
spot_img

सुनको मूल्य तोलाकै २ लाख नाघ्ने आँकलन

spot_img

कोरोना भाइरसको महामारी सुरु हुनु भन्दा अगाडि नेपालमा सुनको मूल्य प्रति तोला ७६ हजार रुपैयाँ हाराहारी मात्र थियो । कोरोना भाइरसको विश्वब्यापी महामारी सुरु भएपछि सुनको मूल्य निरन्तर उकालो लाग्यो ।

कोरोना महामारीले उच्च बिन्दुमा पुगेको सुनको भाउ रुस–युक्रेन युद्द सुरु भएपछि फेरि बढ्न थाल्यो । रुस–युक्रेन युद्द सुरु हुनु अघि नेपालमा सुनको मूल्य प्रति तोला १ लाख रुपैयाँ पनि थिएन । तर, जब रुस युक्रेन युद्द सुरु भयो त्यसपछि सुनको मूल्य उकालो लाग्न सुरु गर्यो । विविध कारणले अहिले पनि सुनको मूल्य बढ्ने क्रम निरन्तर रहेको छ भने सुनको मूल्य तोला कै दुई लाखसम्म पुग्न सक्ने आँकलनहरु गरिएका छन् ।

जब जब संकटको अवस्था अथवा अप्ठेरो अवस्था आउँछ, तब विश्वभरका लगानीकर्ताहरु सुरक्षित लगानीको खोजीमा सुनमा लगानी गर्न थाल्छन् । जसले गर्दा सुनको माग बढ्न गई मूल्य बढ्न थाल्छ ।

कोरोना महामारी सुरु हुँदा विश्वभर सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भए । र, लगानीकर्ताहरु ‘सेभ हेभन’ को रुपमा मानिने सुनमा लगानी गर्न हौसिए । कोरोना महामारीले अर्थतन्त्र प्रभावित भएपछि विश्वका अधिकांश केन्द्रीय बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि विविध राहत प्याकेज ल्याए र लगानी प्रोत्साहन गर्न ब्याजदर घटाए । ब्याजदर घट्दा मूल्यवृद्धि हुने र पैसाको क्रयशक्ति घट्ने भएकोले सुरक्षित लगानीको रुपमा सुनमा आकर्षण बढायो । यसले सुनको मूल्यलाई अझै मथि धकेल्यो ।

विश्वका दुई महाशक्ति अमेरिका र चीनबीच व्यापार युद्द भयो । भूराजनीतिक तनावले गर्दा सुनको मूल्य बढ्न मद्दत गर्यो । कोरोना महामारीपछि विश्वका धेरै देशका केन्द्रीय बैंक सुन खरिद गर्न तम्सिए, जसले सुनको माग बढाएर मूल्यलाई माथि धकेलीरह्यो । केन्द्रीय बैंक मात्र नभई आम सर्वसाधारणहरुले पनि भविष्यको लगानी सुरक्षित गर्न सुन खरिद गर्न थाले । यस्तो क्रम चीनमा बढी देखियो । चीनको केन्द्रीय बैंक र चिनियाँ नागरिकहरुले पछिल्लो समय सुनमा आक्रमक लगानी गरेका छन् ।

सन् २०२२ को सुरुवातमा रुसले युक्रेनमाथि आक्रमण गर्दा सुनको मूल्य झनै बढ्यो । त्यसपछि इजरायल र प्यालेस्टाईनबीच युद्द जारी छ । यसमा इरान पनि जोडिएको छ, जसलाई रुसको समर्थन छ । इजरायललाई अमेरिकाको समर्थन रहेको छ । यस्तो अवस्था जुनसुकै बेला मध्यपूर्व देखिएको यो तनावले ठूलो युद्दको आकार लिन सक्ने जोखिम छ । युद्दको सम्भवना बढ्दा सुनको मूल्य सधै माथि नै जान्छ ।

पछिल्लो समय अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले कोरोना महामारीपछि पहिलो पटक ब्याजदर घटाएको छ । र, ब्याजदर घटाउने सिलसिलालाई जारी राख्ने संकेत गरेको छ । ब्याजदर घट्दा निक्षेप र ऋणपत्रको ब्याज पनि घट्छ, र तिनीहरुमा गरिएको लगानी आकर्षक रहँदैन । यसले मानिसहरु सुनमा लगानी गर्न थाल्छन् । ब्याजदर पनि घटेकोले ऋण लिएर पनि सुनमा लगानी गर्दा फाइदा हुने भएकोले सुनमै आकर्षण बढ्छ । त्यस्तै ब्याजदर घट्दा मूल्यवृद्धिको जोखिम हुने हुँदा सुरक्षित लगानीको रुपमा सुनमा आकर्षण बढेको छ ।

एकातिर अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउदै लैजाने संकेत गरेको छ । अर्को तिर रुस–युक्रेन युद्द र मध्य पूर्वको तनावले गर्दा युद्दको सम्भावना टरेको छैन । यसले गर्दा सुनको मूल्यले नयाँ उचाई कायम गरिरहेको छ ।

कमोडिटी बजारका जानकार नीरव पुडासैनी अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाएको र विश्वमा युद्दको बादल मडारिएको कारण सुनको मूल्य बढिरहेको बताउछन् । उनका अनुसार सन् २०२५ सम्म नेपालमा सुनको मूल्य प्रति तोला २ लाख नाघ्ने आँकलन गरिएको छ ।

(बिजनेश पाना म्यागेजिनबाट साभार)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...
spot_img