Friday, September 4, 2026
spot_img

युनिलिभर र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज दशैँ अघिको अन्तिम शेयर कारोबार दिन । आज युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ युनिलिभर नेपालले असोज २८ गतेदेखि बुकक्लोज गर्दैछ भने सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ । भोली असोज २४ गतेदेखि असोज २८ गतेसम्म दशैँ बिदाका कारण शेयर कारोबार बन्द हुने भएकोले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

युनिलिभर नेपाल लिमिटेडले कात्तिक १२ गते सोमबार ३१ औँ वार्षिक साधारणसभा डाकेको छ।

सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनलले कात्तिक १२ गते नै १८औँ वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...