Friday, June 5, 2026
spot_img

हिमालय उर्जाले लिलामीमा राखेको हकप्रद शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

spot_img
spot_img

हिमालय उर्जा विकास कम्पनीले लिलामी बिक्री हुला गरेको हकप्रदमा अवितरित शेयरको बाँडफाँड भएको छ । कम्पनीले असोज ७ गतेदेखी लिलाम बिक्री खुला गरेको हकप्रदमा अवितरित साधारण समूहको १४ लाख ४६ हजार ३५९ कित्ता शेयर बाँडफाँड भएको हो ।

लिलाम बिक्रीको शिलबन्दी खुला हुँदा प्रतिकित्ता १७१ रुपैयाँ कट अफ मूल्य तय भएको छ । यस अनुसार प्रतिकित्ता १७१ रुपैयाँ र त्योभन्दा बढी मूल्यमा कबुल गरेर आवेदन दिएका लगानीकर्ताले कम्पनीको शेयर पाएका छन् ।

बिक्रि प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार १ हजार ८५४ आवेदकले आवेदन दिएका थिए ।

कहाँबाट कति परेको थियो आवेदन ?

नबिल इन्भेष्टमेन्टको नक्सालस्थित कार्यलयबाट १ हजार ३८७ जनाले आवेदन दिएका छन् । नबिल बैंकको सुर्यविनायक भक्तपुर शाखाबाट २५३, नबिल बैंकको रंगेली रोड विराटनगरबाट ७७, भानुचोक जनकपुरबाट ४१, सभागृहचोक पोखराबाट ५८, कोहलपुरबाट ८, सुर्खेतबाट १० र महेन्द्रनगर शाखाबाट २० जनाले आवेदन दिएका थिए ।

कम्पनीले साउन १४ देखी भदौ १२ गतेसम्म १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।

नेप्सेमा भएको पछिल्लो सेयर कारोबार (असोज १६ गते बुधबार) अनुसार हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१५ रुपैयाँ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img