Saturday, July 18, 2026
spot_img

अपि पावरले भन्यो ‘लाभांश कानूनसम्मत नै छ, थप पुष्टि गरि स्वीकृत गराउँछौँ’

spot_img

अपि पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रस्ताव गरिएको लाभांश कानून सम्मत रहेको जनाएको छ । कम्पनीले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांशलाई विद्युत नियमन आयोगले स्वीकृत नगर्ने निर्णय गरेपछि कम्पनीले आफ्नो प्रस्ताव कानून सम्मत रहेको जनाएको हो।

नेपाल लेखा प्रतिवेदन मान ९ (NFRS 9) बमोजिम  विभिन्न कम्पनीहरुमा गरेको शेयर लगानीलाई नाफा नोक्सान हिसाब मार्फत बजार मूल्य (Fair Value through Profit and Loss) अनुरुप लेखाङ्कन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा / घाटा लेखाङ्कन गरी सो बापत सिर्जना हुने स्थगत कर (Deferred Tax) समेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको कम्पनीले प्रष्ट पारेको छ ।

NFRS 9 बमोजिम कम्पनीको नाफा नोक्सान हिसाब मार्फत सिर्जित मुनाफालाई पूनर्मूल्याङ्कनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म तथा व्यवस्था प्रतिकुल हुने कम्पनीले उल्लेख गरेको छ।

यस विषयमा नियमनकारी निकाय विद्युत नियमन आयोगमा आवश्यक थप कागजपत्र सहित पत्राचार गरी थप छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कार्य गर्ने कम्पनीले जनाएको छ ।

यस्तो छ कम्पनीको भनाई जस्ताको तस्तै :  

अपि पावर कम्पनी लिमिटेडको मिति २०८१/०६/१० गते, अपरान्ह ३:३० बजे बसेको संचालक समितिको बैठक, आ.व. २०८१/८२, बैठक संख्या ८ को निर्णायानुसार अपि पावर कम्पनी लिमिटेडको मिति २०८१/०५/०७ गते बसेको संचालक समितिको बैठकबाट कम्पनीको आ.व. २०८०/८१ को लेखापरिक्षण सम्पन्न गरी खुद मुनाफा तथा शेयर प्रिमियमबाट हाल कायम रहेको कम्पनीको चुक्ता पूँजी रु. ५७८.६५ करोडको कम्पनीको शेयरधनीहरुलाई ९ प्रतिशतका दरले वोनश शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरिएकोमा श्री विद्युत नियमन आयोगबाट यस मुनाफा वितरणलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम बर्जित गरिएको कारण देखाई स्वीकृति दिन नमिल्ने जानकारी सम्बन्धित सबैमा अनुरोध छ ।

कम्पनी ऐन, २०६३ को दफा १०८ को उपदफा (२) बमोजिम कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिबिम्वित हुनेगरी प्रचलित कानून बमोजिम अधिकार प्राप्त निकायले लागु गरेको लेखामान अनुरुप अपि पावर कम्पनी लिमिटेडले नेपाल लेखा प्रतिवेदन मान ( NFRS) अनुरुप कम्पनीको आ.व. २०८०/८१ को वित्तीय विवरण तयार गरेको र सो बमोजिम कम्पनीको लेखा परिक्षण गरिएको छ ।

नेपाल लेखा प्रतिवेदन मान ९ (NFRS 9) बमोजिम यस कम्पनीले विभिन्न कम्पनीहरुमा गरेको शेयर लगानीलाई नाफा नोक्सान हिसाब मार्फत बजार मूल्य (Fair Value through Profit and Loss) अनुरुप लेखाङ्कन गरिएको र सो बमोजिम बजार मूल्यको थप घट रकमलाई कम्पनीको नाफा नोक्सान हिसाबमा नाफा / घाटा लेखाङ्कन गरी सो बापत सिर्जना हुने स्थगत कर (Deferred Tax) समेतको व्यवस्था गरी कम्पनीको मुनाफा गणना गरिएको छ । यसरी नेपाल लेखा प्रतिवेदन मान -९ ( NFRS – 9) बमोजिम लेखाङ्कन गरिएको मुनाफा सम्पत्तिको पुनर्मूल्याङ्कन नभई नियमित मुनाफा सरह रहने हुन्छ ।

कम्पनी ऐनको दफा ५६ ले कम्पनीको शेयर पूँजी हेरफेर गर्ने अधिकारको व्यवस्था गरेको र सो दफाको उपदफा (१०) ले कम्पनीले गरेको मुनाफा तथा मुनाफाबाट सिर्जित कोषबाट बाहेक सम्पत्तिको पुनर्मुल्याङ्कन गरी शेयर पूँजी वृद्धि गर्न वा वोनश शेयर निष्काशन गर्न बर्जित गरेको छ । यस सम्बन्धमा नेपाल लेखा मान – १६ (NAS – 16 ) मा स्थिर सम्पत्ती (Property, Plant and Equipment) सम्बन्धमा पूनर्मूल्याङ्कनको व्यवरथा रहेको छ र सो बमोजिमको फरकलाई नाफा नोक्सन हिसाबमा नदेखाई अलग्गै पूनर्मूल्याङ्कन कोष ( Revaluation Reserve) मा सार्नुपर्ने व्यवस्था रहेको छ जुन कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) बमोजिम नै रहेको छ । तर NFRS 9 बमोजिम कम्पनीको नाफा नोक्सान हिसाब मार्फत सिर्जित मुनाफालाई पूनर्मूल्याङ्कनको नाफा भनेर व्याख्या गर्नु प्रचलित ऐन तथा नेपाल लेखा प्रतिवेदन मानको मर्म तथा व्यवस्था प्रतिकुल हुन्छ । यस बमोजिम अपि पावर कम्पनी लिमिटेडले कम्पनीको खुद मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई ९ प्रतिशतका दरले वोनश शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय कानून सम्मत रहेको छ ।

अपि पावर कम्पनी लिमिटेडले यस विषयमा नियमनकारी निकाय श्री विद्युत नियमन आयोगमा आवश्यक थप कागजपत्र सहित पत्राचार गरी थप छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृति गराउने विषयमा कार्य गर्ने निर्णय समेत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img