Friday, June 5, 2026
spot_img

हिमालय उर्जाले असोज ७ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने, कहाँ दिने आवेदन ?

spot_img
spot_img

हिमालय उर्जा विकास कम्पनीले हकप्रदमा अवितरित शेयर असोज ७ देखि लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता शेयर असोज ७ देखि असोज १४ गतेसम्म लिलाम गर्न लागेको हो ।

यस लिलामको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र नबिल इन्भेष्टमेन्टको नक्साल स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने नबिल बैंकको रंगेली रोड विराटनगर, भानुचोक जनकपुर, सुर्यविनायक भक्तपुर, सभागृहचोक पोखरा, कोहलपुर, सुर्खेत र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले साउन १४ देखि भदौ १२ गतेसम्म  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ९९ लाख कित्ता हकप्रद निष्काशन गरेको थियो।  नेपाल धितोपत्र बोर्डले असार ७ गते हिमालय उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img