हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको वैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्विकृती प्राप्त भए पश्चात् लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. १०, ज्वागल, ललितपुर निवासी श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिईन् ।













