Friday, July 10, 2026
spot_img

बुद्ध एयरद्वारा विश्व मै पहिलो पटक एटीआर जहाजको विदाई, ७० हजार उडान साइकल पुरा

spot_img

बुद्ध एयरले संसार मै पहिलो पटक एटीआर जहाजको विदाई गरेको छ । नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 भएको यो जहाजले व्यवसायिक उडानमार्फत् ७० हजार उडान अतवरण पुरा गरेपछि ज विदाई गरिएको हो ।

१६ वर्ष ३ दिने उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गरिएको संसारमै आज पहिलोपटक रहेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका अनुसार जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छन् । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाईदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।

बुद्ध एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएको थियो । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याईसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।

आजको विदाई कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बताए ।

यसैगरि एटीआरका प्रतिनिधि‘ पवन तनवनीले बुद्ध एयरको जहाज रखराखव तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।

बुद्ध एयरले दैनिक १५० भन्दा बढि उडानमार्फत दसौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ । बुद्धले पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ । बुद्ध एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ । एटिआर जहाजहरुले यात्रुको आरामदायी उडान मात्र नभई, सहज भाडादरमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भाटभटेनीको विराटनगर स्टोर शनिबारबाट सञ्चालनमा आउने

भाटभटेनी सुपर मार्केटको विराटनगर स्टोर असार २७ गतेबाट सञ्चालनमा...

बजेट भूक्तानी बन्द, अन्तिम दिन मात्रै ३३ अर्ब १६ करोड भूक्तानी

आर्थिक वर्ष २०८२/०८३ को बजेट भूक्तानी अब बन्द भएको...

पोखरा र समृद्धि फाइनान्सको एकिकृत कारोबार आजदेखि

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक...

साउनदेखि UDIN नम्बर अडिटरको मोबाइलमा मात्र आउने, इमेल सेवा बन्द

आगामी साउनदेखि अडिटरहरुले लिनु पर्ने Unique Document Identification Number...

आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ६...

खोटाङदेखि भारतीय शेयरबजारसम्मको यात्रा, दीप जङ्ग थापाको कम्पनी BSE मा सूचीकृत

नेपाली उद्यमी दीपजंग थापा सह-संस्थापक रहेको आर्टिफिशल इन्टेलिजन्स (एआई)...
spot_img