Friday, June 5, 2026
spot_img

एचआइडिसिएलले लिलामीमा ल्याएको शेयर बाँडफाँड, ३ वर्षपछि पुरै बिक्यो हकप्रद

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले लिलामीमा ल्याएको संस्थापक समूह तर्फको अवितरित हकप्रद शेयर बाँडफांड भएको छ। कम्पनीले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाममा राखेको थियो।

सो अवधिमा प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ १२ गते खोलिएको थियो । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार संस्थापक समूह समुहतर्फको शेयरको कटअफ मूल्य १३५ रुपैयाँ कायम भएको छ । अर्थात् लिलामीको शेयरमा १३५ रुपैयाँ वा सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनेले कम्पनीको शेयर पाउने छन् । १३५ रुपैयाँमा आवेदन दिनेले भने समानुपातिक रुपमा शेयर पाउने छन् ।

शेयरमा नपरेको रकम आज भदौ १७ गतेबाट फिर्ता गरिने क्यापिटलले जनाएको छ । आवेदकले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा कनेक्ट आईपीएसबाट पैसा फिर्ता गरिने क्यापिटलले उल्लेख गरेको छ।

यस संगै एचआइडिसिएलको हकप्रदमा अवितरित हकप्रद शेयर ३ वर्षपछि पूर्ण बिक्री भएको छ। कम्पनीले २०७८ साउन ५ देखि २०७८ भदौ ८ गतेसम्म १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले हकप्रदमा अवितरित शेयर पटक पटक लिलाममा ल्याएपनि पूर्ण रुपमा बिक्री हुन सकेको थिएन। विशेष गरि कम्पनीको संस्थापक समूहको शेयर बिक्री हुन कठिन भईरहेको थियो । अब भने ३ वर्षपछि कम्पनीको अवितरित हकप्रद शेयर पूर्ण रुपमा बिक्री भएको छ। शेयर बजार बढेपछि कम्पनीको संस्थापक शेयरको शेयर मूल्य पनि बढेको थियो । सोहि कारण अहिले कम्पनीको शेयर पूर्ण रुपमा बिक्री भएको हो।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...

‘कानुनअनुसार ल्याइएका गाडी नियन्त्रणमा लिइयो’

नेपालमा बिवाईडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले प्रचलित...

‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।...

भन्सारलाई जानकारी नै नगराई ईभी नियन्त्रणमा लिएपछि सशस्त्रलाई ‘आपत’

सशस्त्र प्रहरीले भन्सार जाँचपास भइसकेका ७७४ वटा विद्युतीय गाडीहरु...

नेपाली आकाशमा थपिँदै ‘सगरमाथा एयर’

हेलिकप्टर सेवा प्रदान गर्न नयाँ एयरलाइन्स कम्पनीका रुपमा ‘सगरमाथा...
spot_img