Saturday, July 18, 2026
spot_img

वाणिज्य बैंकद्वारा गत वर्ष ७० अर्ब शेयर धितो कर्जा प्रवाह, कुन बैंकको कति ?

spot_img

आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरुले ७० अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।

जस मध्ये नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड शेयर धितो कर्जा प्रवाह गरेको छ भने ग्लोबल आईएमइ बैंकले ७ अर्ब ५१ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै नेपाल बैंकले ६ अर्ब ७८ करोड, सिद्धार्थ बैंकले ५ अर्ब ७८ करोड, सिटिजन्स बैंकले ४ अर्ब ८० करोड, कुमारी बैंकले ४ अर्ब ३७ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २६ करोड तथा प्राइम कमर्शियल बैंकले  ४ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गर्ने गरेको छैन भने नेपाल एसबिआई बैंकले सबै भन्दा कम २० करोड १५ लाख शेयर धितो कर्जा प्रवाह गरेको छ। त्यस्तै माछापुच्छ्रे बैंकले ४६ करोड ७० लाख , एनएमबि बैंकले ९८ करोड ८ लाख तथा कृषि विकास बैंकले १ अर्ब ५९ करोड शेयर धितोकर्जा प्रवाह गरेको छ।

२०८१ साउनमा वाणिज्य बैंकले प्रदान गरेको शेयर धितोकर्जाको भारित औसत ब्याजदर १०.५० प्रतिशत रहेको छ।

हेर्नुस् कुन वाणिज्य बैंकले कति दिए शेयर धितो कर्जा ?

 

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img