Friday, June 5, 2026
spot_img

एचआइडिसिएलको शेयर लिलामी आज बन्द हुँदै, १९२ रुपैयाँको शेयर १०० मै किन्ने अवसर !

spot_img
spot_img

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले लिलाममा ल्याएको हकप्रदमा अवितरित १ करोड ६८ लाख कित्ता बढी संस्थापक शेयरमा आवेदन दिने आज भदौ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन २९ गतेदेखि हकप्रदमा अवितरित संस्थापक समुहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर लिलाममा राखेको हो।

कम्पनीले यी शेयरको मूल्य न्युनतम १०० रुपैयाँ तोकेकोले सो वा सो भन्दा बढी मूल्य कबोल गरि आवेदन दिनु पर्ने पर्ने छ। आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । ५ लाख भन्दा बढीको आवेदन दिंदा प्यान नम्बर अनिवार्य आवश्यक पर्ने छ।

शेयर बाँडफांड गर्दा सुरुमा सबै भन्दा बढी रकम कबुल गर्नेलाई शेयर बिक्री गरिने छ । त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् ।  शेयर कायम रहेसम्म यहि प्रक्रियाद्वारा शेयर बाँडफांड हुने छ।

शेयर लिलामको लागि ग्लोबल आईएमइ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  काठमाडौँमा क्यापिटलको कार्यालय नक्साल र ग्लोबल आईएमई बैंकको शंखमुल शाखाबाट आवेदन दिन सकिने छ । काठमाडौँ बाहिर भने आवेदन दिनको लागि ग्लोबल आईएमई बैंकको १४ शाखा तोकिएका छन् ।

लिलाम प्रक्रियाबाट प्राप्त यी शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा hidclp सिम्बलबाट सजिल्यै कारोबार हुन सक्ने छन् । कम्पनीले यस अघि पटक पटक हकप्रदमा अवितरित संस्थापक शेयर लिलाममा ल्याए पनि पुरा बिक्री हुन सकेको थिएँन । अब भने नेप्सेमा शेयर मूल्य बढेपछि फेरी संस्थापक शेयर लिलाममा ल्याएको हो । भदौ ५ गते बजार बन्द हुँदा नेप्सेमा यी शेयरको शेयर मूल्य १९२ रुपैयाँ कायम रहेको छ। बजारमा १९२ रुपैयाँमा कारोबार भईरहेको शेयर १०० रुपैयाँमा खरिद गर्ने अवसर लगानीकर्ता माझ रहेको छ ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सोपान फर्मासुटिकल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत...

इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयत्न गर्न मोहन डाँगीको आह्वान

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नियमन आयोगको अध्यक्षको लागि १० र सदस्यको लागि २२ जनाको आवेदन (सूचीसहित)

विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जना र सदस्यको...

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...
spot_img