२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले आर्थिक सहयोग गरेका छन् । राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीले गरि कुल १ करोड ३८ लाख ९९ हजार ४ सय २५ रुपैयाँ सहयोग गरेका हुन् ।
राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत) का तर्फबाट सो रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरिएको गभर्नर कार्यालयले जनाएको छ ।









